News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अन्तर्राष्टिय उडानलाई अब लुम्बिनी र पोखरामा केन्द्रित गर्न प्रयास

    ५५७ पटक

    रविन्द्र घिमिरे
    काठमाडौं : सरकारले अब विभिन्न मुलुकसँग हुने हवाई सम्झौता र त्यसको नवीकरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई प्राथमितामा राख्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’को विन्दुमा पुगेकाले नयाँ एयरलाइन्सहरुलाई उडान अनुमति दिन समस्या छ । थप उडान अनुमति दिन पनि निकै कठीन छ ।

    सरकारले विभिन्न देशसँग हवाई सम्झौता र सम्झौताहरुको नवीकरण गर्दा लुम्बिनी र पोखरामा बन्ने अन्तर्राष्ट्रिय एयरपोर्ट अन्तर्राष्ट्रिय उडानहरु गराउने विषयमा बढी केन्द्रीत हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव सुरेश आचार्यले अनलाइनखबरसँग बताए ।

    उनले बौद्ध धर्माबलम्बी बाहुल्य देशबाट हुने अन्तर्राष्ट्रिय उडानलाई लुम्बिनीबाट बढी केन्दि्रत गरिने बताए । अन्तर्राष्ट्रिय जगत लुम्बिनीसँगको सीधा एयर कनेक्टिभिटीमा जोडिँदा बौद्ध धर्माबलम्बी र बुद्धमा आस्था राख्ने समुदायलाई सहज हुने उनको भनाइ छ ।

    सहसचिव आचार्यले अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भराउने योजनामा गृहकार्य सुरु भएको भन्दै पहिलो चरणमा थाइल्याण्डसँगको वार्ताबाट यसको पहलकदमी अघि बढ्ने बताए । यसका लागि सरकारले रणनीतिक योजना बनाउने भन्दै मन्त्रालयले अब लुम्बिनीको विमानस्थल सञ्चालनलाई प्राथमितामा राख्ने बताए ।

    एक हप्तापछि नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन हुँदैछ । १९७१ मा भएको हवाई सम्झौतालाई अब समायानुकल बनाउने गरी वार्ता हुँदैछ । नोभेम्बर १ र २ मा दुई देशमा उड्डयन अधिकारी वार्तामा बस्दैछन् । यसका लागि नेपाली टोली थाइल्याण्ड जानेछ ।

    अहिले थाइल्याण्डसम्म १० वटासम्म मात्रै सीधा उडान गर्न मिल्छ । अब यसलाई बढाएर ३ दर्जन बढीसम्म बनाउन प्रस्ताव गर्ने नेपालको तयारी छ ।विशेष गरी सीधा लुम्बिनी आउने पर्याटकलाई लक्षित गरेर उडान थप्न प्रस्ताव गर्ने योजना बनेको छ ।थाइल्याण्ड बुद्धिष्ट बाहुल्य मुलुक हो ।

    हाल थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरले नेपालमा उडान गर्दैछन् भने नेपालबाट नेपाल एयरलाइन्सले थाइल्याण्डमा उडान भर्छ । आचार्यले अब गौतमबुद्ध अन्तार्रष्ट्रिय एयरपोर्टमा बढी भन्दा बढी अन्तर्राष्ट्रिय उडान गराउने योजनाअनुसार नै वार्ता हुने बताउँछन् ।

    सन् २०१९ को जुनभित्र निर्माण कार्य पूरा गर्नुपर्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । अहिले विमान पार्किङस्थल कालोपत्रे सकेर टर्मिनल हाउस बनाउने काम भइरहेको छ ।आयोजनाको ५५ प्रतिशतभन्दा बढी काम सकिएकाले अब उपकरण जडानको कामले तीव्रता लिएपछि धेरै काम सकिन समय नलाग्ने विश्वास गरिएको छ ।

    धावनमार्गको निर्माणको काम पनि हुँदैछ । टर्मिनल भवनका विभिन्न भागको निर्माण पनि भइरहेको छ । त्यसैले अब यो विमानस्थलमा अन्तार्रष्ट्रिय हवाई सेवा कम्पनीलाई भित्र्याउने योजनामा सरकार लागेको छ ।

    सहसचिव आचार्यले हवाई सम्झौताका लागि अष्ट्रेलियासँग पनि छलफल अघि बढेको बताए । उनले नेपाल एयरलाइन्सको वाइडबडीलाई अष्ट्रेलियासम्म उडाउनका लागि हवाई सम्झौताका लागि पहल भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

    चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका...

    हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

    काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार...

    प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

    काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको...

    दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

    काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे...

    भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

    काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ...