
रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिकाले दुई दिने आँखा शिविर सञ्चालन गरेको छ। रंगेली-६ स्थित पब्लिक माध्यमिक विद्यालयकाे खेलमैदान निःशुल्क आँखा शिविरको आयोजना गरेकाे हाे।
नगरबासीहरुलाई लक्षित गर्दै नगरले ४ र ५ गते शिविर सन्चालन गरेको छ। शिविरमा रंगेली, चाेप्राह, मधुवनी, आदर्शटाेल, निचामारी तथा सिमावर्ति क्षेत्रका महिला, बालबालिका, बृद्वबृद्धा लगायतले आँखा जाँच गराउनुका साथै निशुल्क दवाई र चस्मा समेत दिएकाे थियोे।
कार्यक्रम रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, विभिन्न वडाका वडाध्यक्ष लगायतकाे सहभागीता रहेको थियोे।आँखा चेकजाँच पछि माेतियाबिन्दु फेला परेका विरामीहरुलाई बिराटनगर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने समेत जनाएको छ।
शिविरमा १ हजार भन्दा बढी बिरामीहरुले सेवा लिएका थिए। रंगेली नगरपालिकाकाे आयोजना तथा बिराटनगर आँखा अस्पताल रानी सहयोगमा आँखा शिविर सञ्चालन गरिएको थियोे।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
