News Portal

लोकदोहोरी स्वर्णिम साँझका लागि बेलायत पुगे गायक शिव हमालसहितका कलाकार

हिमालीसंचार संवाददाता
४७१ पटक

लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको यही में २० मा आयोजना गर्ने छैटौं लोकदोहोरी स्वर्णिम साँझका लागी सर्जक, लोक तथा दोहोरी गायक शिव हमाल र लोक तथा दोहोरी गायिका बिन्दा परियार बेलायत पुगेका छन्।

सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका गायक हमाल र गायिका परियारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष लक्षुमण राना, सल्लाहकार भक्त दर्जी र समाजसेवी नेत्र आलेलगायतले न्यानो स्वागत गरेका थिए।

गायक हमाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिवसमेत हुन्। पछ्यौरी लेउ बैना, लालुमै, झुम्का झल्लकै, मालीगाईलाई बाँधेको दाम्ला, डाँडैको टुनी, देउरालीको भट्टीलगायत झण्डै डेढ सय बढी गीतहरुमा हमालले शब्द र स्वर भरेका छन्।

कार्यक्रम फानबोरोस्थित सामुयल कोडी स्कुलमा हुने आयोजकले बताएको छ। कार्यक्रममा नेपालका अन्य चर्चित २ दर्जन जति कलाकारहरुको समेत प्रस्तुति रहने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...