News Portal

सागर ढकालले डडेल्धुरामा तिरेनन् ८ महिनादेखिको कोठाभाडा

हिमालीसंचार संवाददाता
६०९ पटक

डडेल्धुरा। प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन्।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।

‘महिनाको तीन हजारका दरले भाडा हो। सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो। असोजदेखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले जानकारी दिए।

‘उहाँहरूले कोठा छोड्ने भन्ने कुरा थियो। तर, साथीहरूले छोड्नु भएको रहेनछ,’ उनले भने, ‘म भाडाको बारेमा घरबेटीसँग कुरा गर्छु। दाइ १७/१८ दिनपछि मात्रै नेपाल फर्किनुहुन्छ।’

गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।

यो पनि पढ्नुहोस्। 

चर्को आलोचना भएपछि सागर ढकालका भाइले पठाए घरबेटीलाई कोठाभाडा  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...