News Portal

चर्को आलोचना भएपछि सागर ढकालका भाइले पठाए घरबेटीलाई कोठाभाडा

हिमालीसंचार संवाददाता
५१४ पटक

डडेल्धुरा। दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी सीतादेवी भाटले बताइन्।

प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको थियो।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताएकी थिइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ थियो।

त्यसपछि विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सागर ढकालले केही महिनाअघि मात्रै डडेल्धुरा आएको र आफू बस्ने घर चुहिने भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए।

घरबेटीले भने भाडा माग्दा ढकालले उल्टै आफ्नो अपमान गरेको बताएकी छिन्। ‘मेरो ढलान गरेको घर कसरी चुहिने भयो। उनले त्यसो भन्दा चित्त दुखेको छ। मैले उनका भाईलाई आएर सामान लग्नु र कोठा खाली गर्नु भनेको छु’ उनले भनिन्।

प्रहरीकोमा निवेदन दिने तयारी आवस्थामा रहेकी भाटले सम्पर्कविहीन भएका ढकालका बारेमा सञ्चारमाध्यममा बोलेकी थिइन्।

ढकाल २ महिनादेखि साउथ सुडानमा रहेको बताइएको छ। गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

यो पनि पढ्नुहोस्।

सागर ढकालले डडेल्धुरामा तिरेनन् ८ महिनादेखिको कोठाभाडा 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...