News Portal

  • राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु

    हिमाली संचार संवाददाता
    ५११ पटक

    वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ ।

    अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताए । ‘हरेक पटक हामीले ठूलै कदम चालेका हुन्छौं, तर उनी (पावेल) ब्याजदर बढाउँछन्,’ उनले भने ।

    राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु ।’

    उनले गतसाता पनि केन्द्रीय बैंक (फेडरल रिजर्भ) नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पावेलको हिँडाई आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिए ।

    यसैवर्ष मात्र केन्द्रीय बैंकले अर्थतन्त्रलाई नियन्त्रणमा राख्न भन्दै ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । डिसेम्बरमा पुनः ब्याजदर शून्य दशमलब २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

    अमेरिकी राष्ट्रपतिहरुले विगतमा बैंकको स्वतन्त्रतालाई सम्मान गर्दै ब्याजदरजस्ता विषयमा मौन रहने गर्दथे । तर राष्ट्रपति ट्रम्पले बैंकका नीतिहरुमाथि कडा टिप्पणी गर्दै आएका छन् ।

    अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको पदावधि चार वर्षको हुन्छ, र पावेलको पदावधि यसै वर्षको फेब्रुअरीबाट शुरु भएको हो । ट्रम्पले भने– ‘उहाँ (पावेल) न्यून ब्याजदर रुचाउने व्यक्ति हुनुहोला भन्ने मेरो सोचाई थियो । तर उहाँ त त्यस्तो होइन रहेछ ।’

    राष्ट्रपति ट्रम्पको विचारमा केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ, र ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने हुन्छ ।

    ‘मेरा लागि अहिले बैंकको नीति सबैभन्दा ठूलो जोखिम हो, किनभने मेरो विचारमा ब्याजदरमा चाँडोचाँडो वृद्धि गरिएको छ,’ ट्रम्पले भने ।

    अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४.२ प्रतिशत पुगेको छ र यो चारवर्ष यताकै सबैभन्दा उच्च हो । –एएफपी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...