News Portal

  • शहिद लखन थापामगर गोल्ड कपको तयारी पुरा

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    कुबेत – नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यहि १२ मे २०२३ शुक्रबारका दिन आयोजना हुन गईरहेको “प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट”को सम्पूर्ण तयारी भएको मगर सँघ शाखा कुवेतका महासचिव श्रवण गाहा मगरले जानकारी गराए।

    यहि १२ मे २०२३ शुक्र्बारको दिन कुबेत स्थित अबुहालिफा सहिल स्पोर्टस क्लवको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरीसकेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिता जम्मा १० नेपाली टिमहरुले सहभागीता जनाएका छन। उक्त प्रतियोगितालाई सु सम्पन्न गर्नको लागि BEC Exchange कुवेतले मुख्य प्रायोजन रहेको छ।

    प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत (A) टिम र कल्याणकारी नेपाली यूवा समाज कुवेत टिम बिच हुनेछ। मगर सँघ कुवेतका सल्लाहाकार हिरा दर्लामी मगरको संयोजकत्व सम्पन्न हुन लागेको खेलमा प्रथम,द्वित्तिय बेष्ट टिम लाई नगद पुरस्कार,ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ। पुरस्कारको राशी प्रथम हुने टिमलाई २५० केडी,द्वित्तीय हुने टिम लाई १५० केडी र बेष्ट टिम लाई ट्रफि,प्रमाणपत्र र २० केडि नगद तय गरेको छ।

    बिहान ८:०० बजे देखी शुरु हुने कार्यक्रममा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ,संस्थाका प्रमुख,प्रतिनिधि,बुद्धिजीवी,व्यवसायी समाजसेवी,पत्रकार लाई संचार माध्यम बाट पत्रचार गरीसकेको र कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाई निमन्त्रणा मानी कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गर्दछ।

    खेल हुने मिति समय
    खेल हुने मिति : १२ मे २०२३ शुक्र्बार
    समया :बिहानको ठिक ०८.०० बजेदेखी
    खेल मैदान :अबुहलिफा सहिल स्पोर्टस
    आयोजक : नेपाल मगर संघ शाखा कुवेत

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...