News Portal

कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार भव्यरुपमा मनाए

हिमालीसंचार संवाददाता
२७५ पटक

कुवेत – कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम भव्यरुपमा मनाएको छ।

कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा ५ मे शुक्रबारको दिन “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम संयुक्तरुपमा मनाएका हुन ।

किरात राई यायोक्खा कुवेतका अध्यक्ष उमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका प्रथम सचिब प्रेमराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा एनआरएनए आईसीसी सदस्य हरी लावती, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सचिब चन्द्र गोतामे, अलमुल्ला एक्सचेन्ज कुवेतका मार्केटिङ म्यानेजर भुवन सुबेदी, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ रहेका थिए । त्यसैगरी अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार लगायत रहेका थिए ।

किरात राई यायोक्खा कुवेतका महासचिब रोशन राईको संचालन रहेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् सभापति, प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो। किरात राई यायोक्खा कुवेतको सह-सचिब कबिता राईले स्वागत मन्तव्य राखेकी थिइन । सुनुवार सेवा समाज कुवेतका अध्यक्ष लाल बहादुर सुनुवारले सालीवा श्याँदर पीदारका बारेमा प्रस्ट्याएका थिए । साकेला उभौलीका बारेमा किरात राई यायोक्खा कुवेतका उपाध्यक्ष माया चाम्लिङ र यक्वा तङनामको बारेमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष अरुण लिम्बुले प्रस्ट्याएका थिए ।

किरातीहरुको महान चाड साकेला उभौली, यक्वा तङनाम, सालीवा श्यादर पीदार कार्यक्रम -२०२३ (येलेदोङ/ येलेतङ्बे / येलेथोचे – ५०८३) अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा तीन किराती संस्थाहरु मिलेर प्रवासमा रहेर पनि नेपाली कला , संस्कृति जगेर्ना गर्न हरेक वर्ष संयुक्तरूपमा कार्यक्रम आयोजना गरी कुवेतको नेपाली समाजमा एक्बद्दताको राम्रो सन्देश दिएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा किराती कला, संस्कृति र झाकीहरु प्रस्तुत गरिएको थियो । तीन किराती संस्थाले बिगत ६ बर्षदेखि कुवेतमा संयुक्तरुपमा साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम गर्दै आएको छ ।

अन्त्यमा कार्यक्रमका सभापति उमेश राईले कार्यक्रम भव्यताका साथ सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि, पत्रकार कलाकार लगायत उपस्थित सम्पूर्ण किराती तथा गैरकिरीतीलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै आगामी दिनमा पनि सबैबाट साथ र सहयोगको अपेक्षा गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...