News Portal

  • कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार भव्यरुपमा मनाए

    हिमालीसंचार संवाददाता
    २४२ पटक

    कुवेत – कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम भव्यरुपमा मनाएको छ।

    कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा ५ मे शुक्रबारको दिन “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम संयुक्तरुपमा मनाएका हुन ।

    किरात राई यायोक्खा कुवेतका अध्यक्ष उमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका प्रथम सचिब प्रेमराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा एनआरएनए आईसीसी सदस्य हरी लावती, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सचिब चन्द्र गोतामे, अलमुल्ला एक्सचेन्ज कुवेतका मार्केटिङ म्यानेजर भुवन सुबेदी, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ रहेका थिए । त्यसैगरी अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार लगायत रहेका थिए ।

    किरात राई यायोक्खा कुवेतका महासचिब रोशन राईको संचालन रहेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् सभापति, प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो। किरात राई यायोक्खा कुवेतको सह-सचिब कबिता राईले स्वागत मन्तव्य राखेकी थिइन । सुनुवार सेवा समाज कुवेतका अध्यक्ष लाल बहादुर सुनुवारले सालीवा श्याँदर पीदारका बारेमा प्रस्ट्याएका थिए । साकेला उभौलीका बारेमा किरात राई यायोक्खा कुवेतका उपाध्यक्ष माया चाम्लिङ र यक्वा तङनामको बारेमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष अरुण लिम्बुले प्रस्ट्याएका थिए ।

    किरातीहरुको महान चाड साकेला उभौली, यक्वा तङनाम, सालीवा श्यादर पीदार कार्यक्रम -२०२३ (येलेदोङ/ येलेतङ्बे / येलेथोचे – ५०८३) अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा तीन किराती संस्थाहरु मिलेर प्रवासमा रहेर पनि नेपाली कला , संस्कृति जगेर्ना गर्न हरेक वर्ष संयुक्तरूपमा कार्यक्रम आयोजना गरी कुवेतको नेपाली समाजमा एक्बद्दताको राम्रो सन्देश दिएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा किराती कला, संस्कृति र झाकीहरु प्रस्तुत गरिएको थियो । तीन किराती संस्थाले बिगत ६ बर्षदेखि कुवेतमा संयुक्तरुपमा साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम गर्दै आएको छ ।

    अन्त्यमा कार्यक्रमका सभापति उमेश राईले कार्यक्रम भव्यताका साथ सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि, पत्रकार कलाकार लगायत उपस्थित सम्पूर्ण किराती तथा गैरकिरीतीलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै आगामी दिनमा पनि सबैबाट साथ र सहयोगको अपेक्षा गर्दै कार्यक्रमको समापन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...