News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुर्खेत उपत्यकाभित्रको फोरलेन सडक निर्माणमा ढिलाइ !

    ९५० पटक

    कलेन्द्र सेजुवाल
    सुर्खेत : सडकभरि गिट्टी र माटोको धूम छ । खाल्डाखुल्डीले सवारी चलाउनै सकस । यात्रु त नाकमुख छोपेर गन्तव्यतिर हुइँकिहाल्छन् । सडकछेउमा व्यापार–व्यवसाय गर्नेलाई खपिसक्नु हुन्न । अझ पैदलयात्रुको त बिजोगै हुन्छ ।

    ‘हाम्रा लागि त नर्कको बसाइँ भइराछ,’ मंगलगढीचोक नजिकै एग्रोभेट सञ्चालन गर्ने देवी आचार्यले भनिन्, ‘समस्या सुनाउने ठाउँ कहीँ छैन, अब कहाँ जाने?’

    सुर्खेत उपत्यकाभित्र पर्ने फोरलेन सडक निर्माणमा ढिलाइ हुँदा देवीजस्तै धेरैले दिनदिनै सास्ती खेपिरहेका छन्। तीन वर्षअघि निर्माण थालिएको साढे ६ किलोमिटर फोरलेन सडक अझै पूरा भएको छैन।

    आशीष निर्माण सेवाले जिम्मा लिएको धुलियाबिट (सञ्चयकोष (प्याकेज–१) खण्ड सम्झौतामा उल्लेखित समयअघि नै सके पनि जेभीअन्तर्गत सम्झौता भएका सञ्चयकोष–पिपलबोट (प्याकेज–२) र पिपलबोट–बाङ्गेसिमल (प्याकेज–३) खण्डको काम अलपत्र छ। प्याकेज–२ को निर्माण जिम्मा स्वच्छन्द–श्याम एण्ड शंकर र प्याकेज–३ को जिम्मा आशीष–श्याम एण्ड शंकरले लिएका छन्।

    वीरेन्द्रनगरस्थित डिभिजन सडकका अनुसार सबैभन्दा बढी समस्या प्याकेज–२ मा छ। १४ करोड ४० लाख रुपैयाँ लागत उक्त प्याकेजमा हालसम्म ११ करोड १६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। तर, प्याकेजको सबैभन्दा महत्वपूर्ण ठानिएको बसपार्क–मंगलगढी खण्डको काम अलपत्र छ। अधिक सवारी चाप हुने, पैदलयात्रु धेरै हिँड्ने र बजार प्रवेश गर्ने सडककै काम समयमा नभएपछि स्थानीय आक्रोशित भएका हुन्।

    २०७३ साउन १ मा भएको सम्झौता अनुसार म्याद आगामी पुस २० मा सकिन्छ। निर्माण कम्पनीले भने उल्लेखित म्यादभित्र काम नसकिने जनाएको छ। ‘नाला र ढल निर्माणका लागि स्थानीयले अवरोध गरिरहेका छन्, जति अनुरोध गर्दा पनि नगरपालिकाले वातावरण मिलाउन सकेको छैन,’ कम्पनीका प्रोप्राइटर पदम खडकाले भने, ‘यस्तो अवस्थामा हामीले मात्र काम गर्न चाहेर के गर्ने?’ निर्माण सामग्री ल्याएर थुपारे पनि स्थानीयस्तरमा समस्या समाधान नहुँदा काम रोक्नुपरेको उनले बताए।

    प्याकेज–३ को म्याद करिब १० महिना बाँकी छ। तर पनि निर्माण गति निकै सुस्त छ। उक्त प्याकेजका लागि २०७४ असार १५ गते सम्झौता भएको थियो। १४ करोड ६३ लाख लागतमध्ये हालसम्म चार करोड ८ लाखमात्र बित्तीय प्रगति भएको छ। सामान्य सडक कटिङ, ग्रावेल हाल्ने र लेयर पेल्ने काममात्र भएको छ। ‘हामीले सम्झौतामा उल्लेखित कार्यतालिकाअनुसार काम भए/नभएको हेरेर आवश्यक निर्देशन दिने तयारी गरेका छौं,’ डिभिजन सडक प्रमुख गुरु अधिकारीले भने, ‘फोरलेनमा ढिलासुस्ती भएकोबारे जनगुनासो आएको छ, त्यसैले हामी यसमा सचेत छौं।’

    वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी पनि स्थानीय स्तरमा ढल र नालामा समस्या हुँदा निर्माणमा अवरोध भएको बताउँछन्। मंगलगढी क्षेत्रमा ढल निकासको प्रयास भइरहेको र समाधान हुने बित्तिकै कम्पनीलाई काम गर्ने वातावरण मिलाउने उनले जनाए।

    मन्त्रालयको पत्रले अन्योल
    यसैबीच, भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयले आव ०७४/७५ सम्म सडक विभागअन्तर्गत रहेका ठेक्काका काम प्रदेशका सडक हेर्ने निकायसँग समन्वय गरी हस्तान्तरण गर्न पत्राचार गरेपछि फोरलेन सडकमा पनि अन्योल देखिएको छ। मन्त्रालयले सोमबार पठाएको पत्रमा सडक विभागअन्तर्गतका काम नगर्न/नगराउन भनेको छ।

    डिभिजन प्रमुख अधिकारीले फोरलेन सडक रत्नराजमार्गभित्र पर्ने भएकाले रणनीतिक सडक पुनस्र्थापना तथा सुधार शीर्षकमार्फत बजेट बिनियोजन गर्न अनुरोध गरिने बताए। ‘यस्तो अवस्थामा यो सडक झन् अलपत्र पर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘त्यसैले हामीले उपयुक्त विकल्प सोचेर माथिल्लो निकायमा अनुरोध गर्ने तयारी गरेका छौं।’

    ५ वटा पुल बन्ने
    फोरलेन सडकमा पाँचवटा पुल बन्ने भएका छन्। यसका लागि सपना–आशीष एण्ड शंकरसँग ३३ करोडमा सम्झौता भएको छ। डिभिजन सडकका अनुसार २०७८ असार ३० सम्म निर्माण सक्ने गरी सम्झौता भएको हो। पुल नहुँदा बर्खाको बेला फोरलेनको विभिन्न स्थानमा सवारी आवागमन नै बन्द हुने गरेको छ। कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २७, २०८२ (मे १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्वराजालाई जरिवाना : राजावादी समर्थकले संकलन गरे रकम, तर महानगरसँग चर्कियो असहमति

    काठमाडौं, वैशाख २६ – चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनलाई लिएर महानगरपालिकाले पूर्वराजा...

    भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष...

    आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

    काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको...

    श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

    काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक...