News Portal

विराटनगरमा सहिद लाजेहाङको शवयात्रा माथि प्रहरीको अश्रुग्याँस प्रहार, दर्जनौ घाईते

हिमालीसंचार संवाददाता
२३६ पटक

रविन्द्र बराल/विराटनगर – प्रदेश सरकारले गुरिल्ला शैलीमा प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गर्नका लागि पहिचानबादीहरुले गरेको शान्ति पूर्ण आन्दोलनमा प्रहरीको दमनले साहदत्त भएका सहिद पदमकुमार लिम्बु “लाजेहाङ”को शवयात्रामा विराटनगरमा प्रहरीले वल प्रयोग गर्दा ६ जना घाइते भएका छन्।

सहिद लाजेहाङको एक महिनापछि सम्मानपूर्वक अन्त्येष्टिको गर्नका लागि भएको शवयात्राका क्रममा विराटनगरको रोडशेषस्थित सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्दा किरात राई यायोख्खा केन्द्रिय कार्यसमितिका उपाध्यक्ष देवन राई, किरात याक्थुङ चुम्लुङका केन्द्रिय कार्यसमितिका अध्यक्ष प्रेम येक्तेन, चन्द्रकुमार राई, राजकुमार शेर्मा, डिनिज राई र सन्तकुमार राई घाइते भएका छन्।

यही रोडशेष चोकमा सहिद लाजेहाङ धाइते भएका थिए। घाइतेहरूको विराटनगर स्थित अस्पतालमा उपचार भई रहको छ। बृहत् शवयात्रामा ठुलो संख्यामा धाईते भएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको सहिद लाजेहाङक शव आज धरान, इटहरी, विराटनगर हुँदै बेलबारी लालभित्ति पुऱ्याउने कार्यक्रम थियो। शवयात्रा विराटनगर रोडशेष चौकमा श्रद्धाञ्जली सभाका लागि पुग्दा सुरक्षाकर्मीले निषेधित क्षेत्र भन्दै दर्जनौँ अश्रुग्याँस प्रहार गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...