News Portal

विराटनगरमा सहिद लाजेहाङको शवयात्रा माथि प्रहरीको अश्रुग्याँस प्रहार, दर्जनौ घाईते

हिमालीसंचार संवाददाता
२५२ पटक

रविन्द्र बराल/विराटनगर – प्रदेश सरकारले गुरिल्ला शैलीमा प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गर्नका लागि पहिचानबादीहरुले गरेको शान्ति पूर्ण आन्दोलनमा प्रहरीको दमनले साहदत्त भएका सहिद पदमकुमार लिम्बु “लाजेहाङ”को शवयात्रामा विराटनगरमा प्रहरीले वल प्रयोग गर्दा ६ जना घाइते भएका छन्।

सहिद लाजेहाङको एक महिनापछि सम्मानपूर्वक अन्त्येष्टिको गर्नका लागि भएको शवयात्राका क्रममा विराटनगरको रोडशेषस्थित सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्दा किरात राई यायोख्खा केन्द्रिय कार्यसमितिका उपाध्यक्ष देवन राई, किरात याक्थुङ चुम्लुङका केन्द्रिय कार्यसमितिका अध्यक्ष प्रेम येक्तेन, चन्द्रकुमार राई, राजकुमार शेर्मा, डिनिज राई र सन्तकुमार राई घाइते भएका छन्।

यही रोडशेष चोकमा सहिद लाजेहाङ धाइते भएका थिए। घाइतेहरूको विराटनगर स्थित अस्पतालमा उपचार भई रहको छ। बृहत् शवयात्रामा ठुलो संख्यामा धाईते भएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको सहिद लाजेहाङक शव आज धरान, इटहरी, विराटनगर हुँदै बेलबारी लालभित्ति पुऱ्याउने कार्यक्रम थियो। शवयात्रा विराटनगर रोडशेष चौकमा श्रद्धाञ्जली सभाका लागि पुग्दा सुरक्षाकर्मीले निषेधित क्षेत्र भन्दै दर्जनौँ अश्रुग्याँस प्रहार गरेका थिए।

प्रतिकृया दिनुहोस्

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...