News Portal

कविता “तिम्रो मृत्युमा” : जनकऋषि राई

हिमालीसंचार संवाददाता
५२६ पटक

सायद, इतिहासलाई सोधेर आएका थियौं
मृत्यु चोमोलुङ्माजस्तो
फक्तालुङ्जस्तो सधैं उँचो! सधैं उँचो!!
यस्तै हुन्छ ‘हिक्मत’वाला हत्याराहरु सत्तामा हुँदा
हाम्रो मृत्यु सधै-सधैं उँचो!!

मुन्धुम भन्छ–बीच पर्ने मान्छे
घरभित्र आउँदैन ।
सिकुवामै बस्नु, फूलमा बस्नु, हावासङ्ग डुल्नु
र, हेर्नु तिम्रो रगत टेक्दै सदन छिर्नेहरु
उसैगरि हेर्नु तिम्रो रगतले हामी रक्तबिज भएको
पहिचानको यो लडाइँमा
मन्द हावा हामीलाई छोएर गएछ भने
हामी पनि सम्झन्छौ-लाजेहाङ हावा भएर आएछ डुल्दैडुल्दै ।

हेरिराख्नु सिकुवाबाटै-रगतको छिटा लागेको शासक अनुहार
हामीले जिम्मा लिएको पहिचानी मैदान
प्रश्को बदलामा पाएको मृत्यु
पहिचानको क्यानभासमा मुख्यमन्त्रीको हत्यारा अनुहार
इतिहास यसरी बाँचिरहने छ–गोली, लाठी, बुट, काँडेतार
शासकको चिहानमा उब्जिएको घृणा
र, फुल उम्रिएको तिम्रो पहिचानी चिहान ।
सोलोलो….सोलोलो….!!!

सायद, इतिहासलाई सोधेर आएका थियौं
मृत्यु चोमोलुङ्माजस्तो
फक्तालुङ्जस्तो सधैं उँचो-सधैं उँचो!!

कवि जनकऋषि राई
धरान-१७, सुनसरी

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...