News Portal

  • जिल्ला स्वास्थ्य कार्यालय मोरङको आयोजनामा १० दिने नि:शुल्क अप्रेशन स्वास्थ्य शिविर सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३०५ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंगेली अस्पतालले नि:शुल्क अप्रेसन स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

    प्रदेश नम्बर १ को स्वास्थ्य कार्यालय मोरङले पहिलोपटक  रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकालाई लक्षित गर्दे गत चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म १० दिनसम्म हाईड्रोसिल पिडीत भएकाहरुका लागि नि:शुल्क अप्रेशन स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय मोरङको फोक्ल पर्सनल शंकर देवले हिमालीसंचालडटकमसंग बताए । 

    रंगेली अस्पतालका मेसु अरुण भट्टराईका अनुसार उक्त शिविरमा १९ बर्षदेखि ७५ बर्षसम्मका युवा तथा बृद्धाहरुको स्वास्थ्य परीक्षण गरेर नि:शुल्क संचालित अप्रेशन शिविरमा ५० जनाको हाईड्रोसिलको अप्रेसन गरिएको बताए । 

    उनका अनुसार नेपाल सरकारले केही साता अगाडि गाउँ घरमा हात्तिपाईले रोगको औंषधि सेवन गराउन गाउँ घरमा गएको समयमा स्वास्थ्यकर्मीहरुलाई खटाएपछि औंषधि खुवाउने क्रममा सुनवर्षी नगरपालिका र रतुवामाई नगरपालिकाका युवा तथा बृद्धाहरुको धेरैजनालाई हाईड्रोसिल भएको जनाकारी प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय मोरङले नि:शुल्क अप्रेशन स्वास्थ्य शिविरको आयोजना गरेको भट्टराईले बताए ।  

    मोरङको स्थानीय सर्वसाधारणहरुले समान्य उपचारका लागि विराटनगरसम्म गएर उपचार नगराउन नपरोस भन्दै  सर्वसाधारणहरुले आफ्नै गाउँ घरमा उपचार गराउन सहज होस् भन्ने उदेश्यले रंगेली अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नि:शुल्क अप्रेशन स्वास्थ्य शिविरको आयोजना गरेको बताए । 

    जिल्लामा हाईड्रोसिलको बिरामी थप फेला परेमा पुनः नि:शुल्क उपचार गराउने फोक्ल पर्सनल शंकर देवले बताए । रंगेली अस्पतालमा यसरी उपचार गराउन पाउदा आफूहरु अत्यन्तै खुशी भएको बिरामीहरुले समेत खुशी व्यक्त गरे। 

    रंगेली अस्पतालमा हरेक प्रकारको उपचार र चिकित्सक समेत रहेकाले बिगतका दिनहरुमा समेत हाईड्रोसिल, हर्निया, प्रशुतिसेवा निरन्तर चल्दै आई रहेको र आगामी दिनहरुमा समेत थप उपचारका पद्धतिहरु थप गरिदै लैजाने अस्पतालका अध्यक्ष देवमणी कटुवालले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...