News Portal

  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘कोशी प्रदेश’ लेखेको क्यालेण्डर जलाए

    हिमालीसंचार संवाददाता
    ६४६ पटक

    रमेश राई/खोटाङ – खोटाङमा पहिचान पक्षधर संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएका छन्। नगरपालिकाको कार्यालयको मूख्य प्रवेशद्वार अगाडी मंगलबार दिउँसो करिब २ बजे २ सय थान कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएका हुन् ।

    पहिचान पक्षधर संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेजीको आन्दोलन चर्काउन युगसन किरातको संयोजकत्वमा प्रदेशको पुनःनामाङ्कनका लागि संयुक्त संघर्ष समिति र ६ वटा उपसमिति गठन गरेका थिए । गठीत उपसमिति अन्तर्गतको युवा परिचालन समितिले नगरपालिकाको सचिवालयमा राखेको क्यालेण्डर निकालेर जलाई दिएका हुन्।

    गत चैत २७ गते उपप्रमुख विसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई पुनःनामाङ्कन संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै छाप, लेटरप्याड तथा नगरबाट निस्कने दस्तावेजहरुमा कोशी प्रदेश नलेख्न आग्रह गर्दागर्दै झुक्याएर क्यालेण्डरमा कोशी प्रदेश लेखेको पाइएपछि जलाईएको युवा परिचालन समिति संयोजक निर्मल राईले हिमालीसंचारडटकमसंग बताए।

    क्यालेण्डर जलाएपछि पहिचान पक्षधर संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेज गर! पहिचानको आधारमा किरात प्रदेश घोषणा गर!! नाराबाजी गरेका थिए। नगरपालिकाले विभिन्न सूचना तथा सन्देशमूलक जानकारी राखेर नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...