News Portal

रविका चालकलाई थप उपचारका लागि एयर क्राफ्ट मार्फत काठमाडौं ल्याईयो

हिमालीसंचार संवाददाता
४१४ पटक

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। घरको छतबाट खसेर गम्भीर घाइते भएका लामिछानेका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।

थापाको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको थियो । करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको हो । 

हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको छ । विरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दैं चिकित्सकको सल्लाह बमोजिम थप उपचारको लागि एयर क्राफ्ट मार्फत मेडिसिटी ल्याइएको हो।

सभापति लामिछानेले सामाजिक संजाल फेसबुकमा लेखेका छन्; “हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (CoMS पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट Airlift गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ । 

यस सम्वेदनशील घडिमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भिर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पुर्ण मेडिकल कलेज परिवार प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । 

यस दौरान शम्भुको शिघ्र स्वास्थ्य लाभको लागि मानसिक, भौतिक तथा भावनात्मक सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरु प्रति हामी आभार व्यक्त गर्दछौँ ।

प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ,छिटो ठिक भएर फर्क मेरो भाइ। CoMS अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन्।” 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...