News Portal

विदेशमा मृत्यु र अङ्गभङ्ग भएका व्यक्तिका ४ सय ४२ जनाले पाए आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५८३ पटक

काठमाडौँ– वैदेशिक रोजगार प्रवद्र्दन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका आश्रित ४ सय ४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ ।

गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा विभिन्न कारणबाट मृत्यु भएका ७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको जनाएको छ ।

बोर्डले श्रम स्वीकृति लिएर विदेश गएका कामदारको करार अवधिभित्र मृत्यु भएमा राहतस्वरुप रु सात लाख उपलब्ध गराउने गरेको छ ।

कामका सिलसिलामा अङ्गभङ्ग वा बिरामी परेका ४२ कामदारलाई समेत आर्थिक सहायता उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारका परिवारका ६ जनालाई औषधोपचार सहयोग उपलब्ध गराएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारका परिवारका सदस्यलाई कडा खालको रोग लागेमा बोर्डले औषधोपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ । बोर्डले कामदार स्वयं अङ्गभङ्ग र बिरामी तथा परिवारका सदस्य बिरामी परेमा रु ३५ हजारदेखि सात लाखसम्म आर्थिक सहायता उपलब्ध गराउने गराउँदै आएको छ ।

विदेशी भूमिमा अलपत्र परेका तीन नेपाली कामदारको तत्काल उद्धारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको, विभिन्न कारणबाट मृत्यु भएका १२ जनाको शव नेपाल झिकाउन पहल गरिएको र ७६ मृतकको शव घर ठेगानासम्म लैजानका लागि शव ढुवानीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डले करार अवधिभित्र मृत्यु भएका कामदारकोे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म लैजानका लागि ढुवानी सहयोग गर्दै आएको छ ।

एक सय १८ जनाको अभिमुखीकरण तालीमबापतको शोध भर्ना र वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका ११४ सन्ततिलाई वैदेशिक रोजगार छात्रवृत्ति (आव २०७४÷०७५ को छुट) उपलब्ध गराएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

बोर्डले करार अवधिभित्रै मृत्यु भएको कामदारका सन्ततिमध्ये कक्षा ८ सम्म अध्ययन गर्नेलाई वार्षिक रु आठ हजार र ९ देखि १२ कक्षासम्म अध्ययन गर्नेलाई वार्षिक रु १२ हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

बोर्डले मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका व्यक्तिको शव स्वदेश भिकाउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन र विदेशमा सुरक्षित गृह सञ्चालन गर्ने काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...