News Portal

पत्रकार खासोग्जीको हत्याको विरोधमा महासंघले साउदी राजदूतावासमा विरोधपत्र बुझायो

हिमाली संचार संवाददाता
६२७ पटक

काठमाडौँ – साउदी पत्रकार जमाल खासोग्जीको हत्याका विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेवियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

पत्रमा खासोग्जी हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक रहेका  खासोग्जी गत अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि वेपत्ता भएका थिए ।

पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिव दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघले खासोग्जीको हत्याको घटनाप्रति कडा भत्र्सना गर्दै हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको मागसहित नेपालस्थित साउदी राजदुतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको हो ।’

पत्रकार खासोग्जीको हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा महासंघले ऐक्यवद्धता प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...