News Portal

जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२७९ पटक

गजेन्द्र खालिङ राई/दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मञ्चले बुधबार साझ इफ्तार कार्यक्रम सम्पन्न गरेको हो ।

आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले नेपाल आफैमा बहुजातीय र बहुभाषी समुदाय मिलेर बसेको देश भएकाले सबैले एक अर्काको धर्म र सस्कारको सम्मान गर्दे आएको बताए। प्रवासमा रहेर पनि आफ्नो देशको धर्म र सस्कृतिको जगेर्ना गर्दै आपसी भाइचारा स्थापित गर्न गरिने कार्यक्रमले नेपाली बिचमा आत्मीयता बढाउने उनको धारणा थियो 

संघका उपाध्यक्ष शर्माले रोजगारीको लागि विदेश जानै पर्ने बाध्यतालाई तोडन राज्यले जलविद्युत उत्पादनमा जोड दिनुपर्ने बताए। विश्व बजारमा पेट्रोलियम पदार्थको विकल्पमा विद्युतको ब्यापक प्रयोग भइरहेको भन्दै नेपालले पनि खेर गइरहेका खोलानालाबाट जलविद्युत उत्पादन गर्नुपर्ने उनको सुझाव रहेको थियो । 

उपाध्यक्ष शर्माले गैरआवासीय नेपाली संघको निरन्तर प्रयासले वैदेशिक रोजगारीमा रहेकालाई आइपियोमा प्राथमिकता साथै सरकारले सामाजिक सुरक्षा कोष शुरु गरेकोले त्यसको सदुपयोग गर्न अनुरोध गरे । रोजा राख्नुको अर्थ र रमजान महिनाको महत्त्वबारे नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार प्रोसेर रमजान मियाले जानकारी दिए। 

आयोजित कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघ सस्थाको प्रतिनिधित्व गर्दे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा इस्लाम धर्म गुरुहरु इसहाक नदवी, अख्तर गफुर अमद, सफिजान नदवीले इस्लाम धर्मको बारेमा विशेष जानकारी दिए। 

आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले आफ्नो पार्टी सदैव सबै जात जाति र धर्मको सम्मान गर्दै उनीहरुको अधिकारको लागि लडेर आएकोले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सहभागीता सम्भव भएको दिकिर गरे । 

दोहामा गठीत विभिन्न सामाजिक संघसस्थाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं मधेस तथा मुस्लिम विभाग प्रमुख सद्दाम हुसेनले स्वागत मन्तव्य राखेका थिए भने महासचिव महामुद कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...