News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोशी प्रदेश खारेजको माग गर्दै नेपाल जनप्रगतिशिल मञ्च कतारले लाजेहाङलाई शहिद धोषणा गर्न गऱ्यो माग

    गजेन्द्र खालिङ राई
    १९३ पटक

    गजेन्द्र खालिङ राई/कतार – प्रदेश नं. १ मा प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेश खारेजको माग सहित त्यसको विरोधमा भइरहेको आन्दोलन तथा संधीय संरचनाबारे प्रवास पार्टी अन्तरगतको नेपाली जनप्रगतिशिल मञ्च, जनजाति विभाग कतारले कोशी प्रदेश खारेज गरी पहिचान सहितको पु:नामकरण गर्न माग गरेको छ।

    नेपाली जनप्रगतिशिल मञ्च कतारले ४ बुदे निर्णय गर्दै प्रदेशको पुन: नामकरण गर्न माग गरेको हो। मञ्चको प्रेस विज्ञप्तिमा भनिएको छ; “नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा प्राप्त उपलब्धिहरु संघियता, गणतन्त्र, समानुपातिक र समावेशी नेपाली राजनीतिको केन्द्रिय राजनीतिका मुल मुद्धाहरु हुन । यी मुद्धाहरु विगतदेखि आजसम्म नेकपा (माओवादी केन्द्र) ले नै निरन्तर उठाउदै आएको हो । हाम्रो पार्टीले स्थापित गरेको र अंगिकार  गर्दै आएको संघीयता र पहिचान सम्बन्धि नीतिमा कुनै परिवर्तन नभएको साथै यस प्रदेशका विभिन्न पहिचानहरुलाई दृष्टिगत गरी बहुपहिचानका आधारमा नै नामकरण हुनु पर्दछ भन्ने कुरामा प्रवास पार्टी विभागको दृढ मत र निर्णय रहेको कुरा स्पष्ट पार्न चहान्छौं। यसै सन्दर्भमा पहिचान पक्षधरहरुको प्रतिकुल अंकगणित रहेको अवस्थामा प्रदेश सभाबाट पारीत गरी प्रदेशको नामकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भिरतापुर्वक छलफल र समिक्षा गररिहेको व्यहोरा प्रस्ट पार्न चहान्छौं ।

    दोस्रो नम्बरमा फनिएको छ। “१० वर्षे जनयुद्ध, आजसम्म भएको संघर्ष र आन्दोलनको आदेश मुताविक संस्कृति, भुगोल, भाषा, विकास परिप्रेक्ष आदिका आधारमा संघीय राज्यहरु गठन भएका छन् । हाम्रो सन्दर्भमा उत्पीडितहरु मध्ये पनि उत्पीडित जनताको हिस्सालाई नीति निर्माण र कार्यान्वयन तहमा सक्रिय सहभागी बनाउने मर्म सहित संघीयता लागु गर्न खोजिएको हो । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रुप अर्थात बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । पहिचान पक्षधर संघ, संस्था पार्टी र समुदायहरुले पनि यस विषयमा गम्भिर समिक्षा गर्दै भावी आन्दोलनलाई सफल बनाउन साझा एजेण्डा र साझ विषयहरुमा सहकार्य सहित नयाँ सिमाङ्कन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनामा पनि वहस जरुरी रहेको स्पष्ट पार्न चहान्छौ ।”

    तेस्रो नम्बरमा “नामकन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपुर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यबद्धता रहेको छ । आन्दोलनको क्रममा घाइते भई शहादत प्राप्त गर्नुहुने पदमबहादुर (लाजेहाङ) लिम्बुलाई राज्यले शहिद घोषणा गर्न जोडदार माग गर्दै आन्दोलनको क्रममा घाइते भएका सबै आन्दोलनकारीहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित सरकारको तर्फबाट नि:शुल्क उपचारको माग गर्दछौं । 

    त्यस्तै, अन्तिम नम्बरमा “आन्दोलन माथि दमन गरेर होइन सरकारको तर्फबाट यथाशिघ्र वार्ता मार्फत आन्दोलनरत पक्षसंग संवाद गर्न आग्रह गर्दछौं।साथै पहिचान देखिने गरि पुनःनामाङ्कन गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं। नेपाली जनप्रतिशिल मञ्च, जनजाति विभाग कतारका संयोजक रेशम आले मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।                                                            

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...