News Portal

कोशी प्रदेश खारेजको माग गर्दै नेपाल जनप्रगतिशिल मञ्च कतारले लाजेहाङलाई शहिद धोषणा गर्न गऱ्यो माग

गजेन्द्र खालिङ राई
२८७ पटक

गजेन्द्र खालिङ राई/कतार – प्रदेश नं. १ मा प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेश खारेजको माग सहित त्यसको विरोधमा भइरहेको आन्दोलन तथा संधीय संरचनाबारे प्रवास पार्टी अन्तरगतको नेपाली जनप्रगतिशिल मञ्च, जनजाति विभाग कतारले कोशी प्रदेश खारेज गरी पहिचान सहितको पु:नामकरण गर्न माग गरेको छ।

नेपाली जनप्रगतिशिल मञ्च कतारले ४ बुदे निर्णय गर्दै प्रदेशको पुन: नामकरण गर्न माग गरेको हो। मञ्चको प्रेस विज्ञप्तिमा भनिएको छ; “नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा प्राप्त उपलब्धिहरु संघियता, गणतन्त्र, समानुपातिक र समावेशी नेपाली राजनीतिको केन्द्रिय राजनीतिका मुल मुद्धाहरु हुन । यी मुद्धाहरु विगतदेखि आजसम्म नेकपा (माओवादी केन्द्र) ले नै निरन्तर उठाउदै आएको हो । हाम्रो पार्टीले स्थापित गरेको र अंगिकार  गर्दै आएको संघीयता र पहिचान सम्बन्धि नीतिमा कुनै परिवर्तन नभएको साथै यस प्रदेशका विभिन्न पहिचानहरुलाई दृष्टिगत गरी बहुपहिचानका आधारमा नै नामकरण हुनु पर्दछ भन्ने कुरामा प्रवास पार्टी विभागको दृढ मत र निर्णय रहेको कुरा स्पष्ट पार्न चहान्छौं। यसै सन्दर्भमा पहिचान पक्षधरहरुको प्रतिकुल अंकगणित रहेको अवस्थामा प्रदेश सभाबाट पारीत गरी प्रदेशको नामकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भिरतापुर्वक छलफल र समिक्षा गररिहेको व्यहोरा प्रस्ट पार्न चहान्छौं ।

दोस्रो नम्बरमा फनिएको छ। “१० वर्षे जनयुद्ध, आजसम्म भएको संघर्ष र आन्दोलनको आदेश मुताविक संस्कृति, भुगोल, भाषा, विकास परिप्रेक्ष आदिका आधारमा संघीय राज्यहरु गठन भएका छन् । हाम्रो सन्दर्भमा उत्पीडितहरु मध्ये पनि उत्पीडित जनताको हिस्सालाई नीति निर्माण र कार्यान्वयन तहमा सक्रिय सहभागी बनाउने मर्म सहित संघीयता लागु गर्न खोजिएको हो । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रुप अर्थात बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । पहिचान पक्षधर संघ, संस्था पार्टी र समुदायहरुले पनि यस विषयमा गम्भिर समिक्षा गर्दै भावी आन्दोलनलाई सफल बनाउन साझा एजेण्डा र साझ विषयहरुमा सहकार्य सहित नयाँ सिमाङ्कन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनामा पनि वहस जरुरी रहेको स्पष्ट पार्न चहान्छौ ।”

तेस्रो नम्बरमा “नामकन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपुर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यबद्धता रहेको छ । आन्दोलनको क्रममा घाइते भई शहादत प्राप्त गर्नुहुने पदमबहादुर (लाजेहाङ) लिम्बुलाई राज्यले शहिद घोषणा गर्न जोडदार माग गर्दै आन्दोलनको क्रममा घाइते भएका सबै आन्दोलनकारीहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित सरकारको तर्फबाट नि:शुल्क उपचारको माग गर्दछौं । 

त्यस्तै, अन्तिम नम्बरमा “आन्दोलन माथि दमन गरेर होइन सरकारको तर्फबाट यथाशिघ्र वार्ता मार्फत आन्दोलनरत पक्षसंग संवाद गर्न आग्रह गर्दछौं।साथै पहिचान देखिने गरि पुनःनामाङ्कन गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं। नेपाली जनप्रतिशिल मञ्च, जनजाति विभाग कतारका संयोजक रेशम आले मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।                                                            

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...