News Portal

पूर्वको आकाशतिर फर्केर हेर- गोपाल किराँती

हिमालीसंचार संवाददाता
३८४ पटक

पूर्वको आकाशतिर फर्केर हेर
चम्किलो तारा उदाउन खोज्दैछ!
पश्चिमबाट पृथ्वी पूर्वतिर दौडन्छ रे
प्रति सेकेण्ड पृथ्वी!!

तीस किलोमिटरको गतिमा दौडन्छ रे
सात सालमा पृथ्वी पूर्वबाट पश्चिम दौडेथ्यो!
बाउन्न सालमा पश्चिमबाट पूर्वतर्फ दौड्यो
अब पूर्वबाट पश्चिमतिर दौडने हो त?

सूर्यको प्रकाश एक सेकेण्डमा
तीन लाख किलोमिटर दौडन्छ रे!
मानिसहरु भन्छन-
‘पृथ्वीको गतिमा हुँदै होइन!!

आवाजको गतिमा पनि होइन
अबको दौड प्रकाशको गतिमा हुनुपर्छ!”
पूर्वमा के त्यसरी दौडने ऊर्जा होला?
नभए पनि खोज्नै पर्छ!!

चम्केका तारालाई मर्न दिने छुट कसैलाई छैन।
अलबर्ट आइन्स्टाईनलाई सोधौं!
स्टेफन हकिङलाई सोधौं
धेरै नै पर जाने हो भने!!

युमासाम र थेबासामलाई सोधौं
सुम्निमा-पारुहाङलाई सोधौं!
के धर्तीका सन्तानसित त्यस्तो ऊर्जा नहोला त?
ग्रेट सेपियन्स बुद्वले जवाफ दिनेछन!!

यहाँ दु:ख छ, दु:खको कारण छ
र त्यसको निवारण पनि छ!
अंज्रेजीमा भन्लान-
हरेक घटनाको थेसिस अनि एन्टि थेसिस हुन्छ!
त्यसो हो भने जनविरोधी कोशी प्रदेशको
एन्टि थेसिस अवश्य पनि छ!!

हो, पूर्वको आकाशमा उदाउँदै गरेको
चम्किलो ताराको खोज त्यही एन्टि थेसिस हुनेछ!
“अजम्बरी गाउँ” उपन्यास पढ्नेलाई थाहा छ
त्यो एन्टि थेसिस कोङ्होवा र बाना गाउँको!!

जनएकताको जुझारु संकल्प नै हुनुपर्छ
जो, महान प्रतिरोध संघर्षको गाथा हो।
अजम्बरी गाउँ
अनुवादक खगेन्द्र संग्रौलालाई सोधे हुन्छ!!

जसले, खण्डित भियतनामलाई एकीकृत गर्यो
साम्राज्यवादी हत्यारा अमेरिकी सेना!
जसको, लाखौंको चिहान खन्यो
दोस्रो विश्वयुद्वपछिको एक महान जनयुद्व!!

जसले, देशभक्त जनप्रतिरोध क्रान्तिको
महान दिग्दर्शन गरायो
अनि पूर्वका आदिवासी तथा प्रगतिशीलहरु?

गोपाल किराँती

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...