News Portal

कुवेतका ३ किराँती संस्थाले संयुक्त रुपमा उभौली मनाउने

हिमालीसंचार संवाददाता
५१८ पटक

कुवेत“भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु,किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम, रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे, येले थोचे, ५०८३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली कार्यक्रम मनाउने छ।

कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराँती, गैर किराँती नेपाली दाजुभाई तथा दिदीबहिनी कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्नुहुने सस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुनको लागि संयुक्त ३ किराँती संस्थाहरु हार्दिक अनुरोध गर्दछ। साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन समेत आयोजक संस्था हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने स्थान समय मिति:-

स्थान – मेमोराइज हल, मंगाफ-४ ईसारा २४, घर न.१२
मिति – ५ मे २०२३
समय – बिहान १० बजे

आयोजक:-
किराँत राई यायोक्खा कुवेत
किराँत याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...