News Portal

कुवेत पस्दा फोटो खिच्न नमान्ने राजदूत भण्डारीको तामझामका साथ विदाई, श्रमिकका दुःख ज्यूँका त्यूँ !

हरि बानियाँ
८४० पटक

कुवेत सिटी। देशमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जान बाध्य छन्। वैदेशिक रोजगारीमा आएपछि समस्यामा परेका नेपालीहरूको समाधान गर्नको लागि नेपाली दूतावास छ भन्ने भान अहिले अहिलेसम्म भएको छैन। कुवेतमा पहिलो र दोश्रो राजदुतहरुले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किसक्दा तेस्रो राजदूत दुर्गाप्रसाद भण्डारी पनि आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किँए। आज भन्दा ४ वर्ष अगाडि कुवेत आउदा राजदुत भण्डारीलाई गैरआवासीय संघ कुवेतकाे नेतृत्वमा स्वागत गरेका थिए।

कार्यक्रममा उपस्थिति मिडियाकर्मी तथा फोटोग्राफरलाई फोटाे तथा भिडियो नखिचनु भन्ने राजदूतको शैली देखेर केही शुभचिन्तक र मिडियाकर्मी कार्यक्रमबाट बाहिरिएका थिए।कुवेतमा एउटा राजदूतको कार्यकाल सकिएर अर्को राजदूत आउदा बिदाई गरेर स्वागत गर्ने प्रचलन कायमै थियो।

नेपाली दूतावास कुवेतले कहिल्यै पनि नेपाली दुखी पिडितकाे घाउमा मलमपट्टी लगाउने काम गर्न सकेन। यतिबेला नेपाली दुताबास कुवेतका राजदुत दुर्गाप्रसाद भण्डारी आफ्नो कार्यकाल पूरा गरी नेपाल जाने बेला त्यही अवसर पारेर एनआरएनए कुवेतकाे अगुवाइमा केही सिमित संघसंस्थाले सम्मान तथा बिदाई कार्यक्रम तामझामका साथ गरे।

राजदूत भण्डारीले ४ वर्षमा गरेका राम्रा कामहरु के रहेछन र नेपाली संघसंस्था एनआरएनए कुवेतले सम्मान तथा विदाई कार्यक्रम गरेकाे भनेर कार्यक्रममा सरिक भएका एकजना संस्थाका जिम्मेवारी व्यक्तिको जवाफ थियो, “खासै राम्रो काम गरेका त होइनन् तैपनि जानी बेलामा यसो भेटघाट गरेका मात्रै हो। राजदूत भण्डारीले कुबेतमा समस्या परेका नेपालीहरुलाई कुन ठाउँमा गएर भेटे त ?”

कुनै पनि नेपालीलाई समस्या परेर दूतावासलाई फोन गर्दा फोनमा समाधान हुने जवाफ पाउँदैनथ्यो। बेलाबेलामा कुवेतको प्रतिष्ठित कम्पनीमा भ्रमण गर्ने र २/४ वटा फोटो खिचेर नेपालीहरुको समस्याबारे बुझेका छौं भनेर आफ्नो दूतावासको फेसबुक रंग्याउने गरेका मात्रै पायौं। कुवेतमा हुने प्राय: जसो कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदूत आफै उपस्थिति हुने। नेपाली दुतावास कुवेतमा काम गर्ने कर्मचारीहरु पनि राजदुतदेखि पिडित नै थिए।

कुनैदिन कुबेतमा ४/४ वटा कार्यक्रम हुँदा पनि प्रमुख अतिथि आफै बनेर राजदूत पुग्थे। किन त्यसमा आफू मातहतका कर्माचारीलाई पठाउन सकिँदैन थियो र ? कुवेतमा रहेका नेपालीहरूको हकहितको लागि यी राजदूतले के काम काम गरे त ? नेपाली संघसंस्थाहरुसँग पैसा उठाएर कार्यक्रम गरी नेपाली दूतावासमाथी नै प्रश्न चिन्ह खडा हुन्छ ? कुवेतमा नेपालीहरु कोही नै थिएनन् भने नेपाली दूतावास कुवेत राख्नुपर्ने केही जरुरी थियो त ? यहाँ दूतावास कुवेतले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ।यश  विषयमा नेपाली दुताबास कुबेतको मात्रै गल्ती छैन कुवेतमा च्याउ झै खुलेका संघसंस्था, गैरआवासीय संघ पनि दोषीका पात्र हुन्।

दुतावासबाट हुने सेवाहरुमा त्यति राम्रो रेस्पोन्स भएकाे कहिले पनि पाएनौं। आफैले पनि नपाएको अनुभव छ। कतिपय जटिल केसहरु दुतावासको विना सहयोग हामीले समाधान गर्नै सक्दैनौ, जब ती केसहरुबारे दुतावासलाई सोधपुक्ष हुन्छ। त्यति साह्रो गहिरिएर चासो दिएर त्यहांका कर्मचारीले हामीलाई रेस्पोन्स दिए जस्तो लाग्दैन। न त फलोअप नै गरेको देखिन्छ। यहांले भने जस्तै धेरै कमजोरीहरु त्यहां देखिएकै हो। त्यो अनुभव सबैलाई रहेछ। राजदुतकाे  कार्यकालप्रति धेरै श्रमिकको असन्तुष्टी भेटियो, कयौ किर्ते कागजहरु गरेर ७० केडीको तलबलाई ८० केडी श्रमस्विकृति गरेको समाचार पनि बाहिरिएकाे छ नि। दुतावासको पहिलो कमजोरी कहिल्यै स्किल्ड दक्ष कामदारहरु यहां भित्राउन सकेन। लेबरहरुकै डिमान्ड बढी छ। ९० केडी तलबमा आउनेले मेनपावर नेपालबाट श्रमस्वीकृति गरेर कुवेत अनि लेबरहरुको पारिश्रमिक त पाउन दुताबास चुपचाप बसेको देखिन्छ।

आफ्नो कामदारकाे बारेमा सम्बन्धित निकायमा गएर एकबचन एक शब्द बोल्न पनि नसक्ने राजदूतलाई कसरी सम्मान र स्वागत गर्न योग्य भयो त ? अब कुवेतमा को आउलान् राजदूत ?

आम कुवेतबासी नेपालीलाई चासोको विषय बनेकोछ। राजनीति, प्रशासनिक, परराष्ट्र वा कुटनितिक नियोगहरुमा कुवेतमा नेपाली राजदूतावास स्थापनापछि अहिलेसम्म तीन जना राजदुतहरुले कार्यकाल पूरा गरि स्वदेश फर्किएका छ्न।

अब आउने राजदूतले श्रमिकको हक हितमा कतिको काम गर्न सफल हुनेछन् भन्ने बारेमा मात्रै कुबेतबासी केही नेपालीहरुमा यतिबेला चासोको विषय पनि बनेको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...