News Portal

सल्यानको वर्ल्ड लिंकको टावरमा तोडफोड, आधा दर्जन बढी जिल्लामा इन्टरनेट सेवा प्रभावित !

हिमाली संचार संवाददाता
४७० पटक

शंकर केसी/सल्यान : सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि शनत कुमार शर्माले जानकारी दिए ।

अहिले सल्यान र त्यस आसपासका  जिल्लाहरुमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

चाडबाड मान्न सुरक्षा गार्ड घर गएको बेला टावर भित्र छिर्ने ढोका फोडेर रेडियो उपकरणहरु चोरी भएको शर्माले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कति सामान चोरी र क्षति भयो भन्ने जानकारी लिन तथा इन्टरनेट सेवा शुरु गर्नका लागि वर्ल्ड लिंकको प्राविधिक टोलि कपुरकोट आउन लागेको छ ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...