News Portal

“पानीको आन्दोलन, श्रमको क्रान्ति!” कवि हिरा रिजाल (भिडियो सहित)

कोशी साहित्य चौतारी धरानको प्रस्तुति!

हिमालीसंचार संवाददाता
३२२ पटक

“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
प्रजातान्त्रिक समाजबादका, नारा धेरै सुने।
खुन पसिना बगाउॅदैं जुलुसमा पनी हिडे॥
जेल, नेल, निर्वासनमा-कैंयौ बर्ष बिते।
प्यासो धरानको तिर्खा मार्न, हर्कले नै जिते॥

“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
माक्सवाद, लेनिनवाद-माओवाद देखे।
झापादेखि जबजको फड्को पनि देखे॥
बृद्ध भत्ता बाड्ने नेता मनमहोन पनि देखे।
तर, धरानेले आश लाग्दो-हर्कलाई नै देखे॥

“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
जीनयुद्ध गौरवशाली भन्ने क्रान्तिकारी पनि हेरे।
लडाकुको विजोक फाको आखै सामु देखे॥
गठबन्धनको जोड घटाउमा नाटक मञ्चन गर्छन्।
ज्यानको बाजी थाप्दै हर्क-पानी खुवाउछु भन्छन् ॥

“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
यथार्थको धरातलमा खुट्टा टेक्नु परो।
मोति बिन्दु भए दलका, आखा फेर्नु परो॥
भाषणको अमृतवाणी जनता झुक्याउने।
धरानको ढुकढुकीमा, हर्क साम्पाङ सुहाउने॥

कवि हिरा रिजाल
धरान-१२, सुनसरी, नेपाल

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...