News Portal

  • एनआरएनए युएई खेलकूद विभागद्वारा प्रथम भलिबल कप प्रतियोगिता हुने

    प्रथम पुरस्कार नगद रु. २ लाख ७९ हजार!

    हिमालीसंचार संवाददाता
    ७६९ पटक

    युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्य सगैँ स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना हुने भएको छ।

    प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ। आगामी अप्रिल २ गते आइतबार युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा उक्त प्रतियोगितामा हुन् लागेको हो। 

    गैरआवासीय नेपाली संघ खेलकूद संयोजक भीम मल्ल ठकुरीले दिएको जानकारी अनुसार विजेता प्रथम टिमलाई क्रमश युएई दिराम नगद ७,७७७/-  द्वीतीय ४,४४४/- र तृतीय २,२२२/- कप, प्रमाण-पत्र र मेडल प्रदान गरिने समेत जानकारी दिए। 

    गैरआवसीय नेपाली संघ युएईको खेलकूद संयोजकको भुमिका निर्वाह गरेका सामाजिक अभियन्ता खेलप्रेमी आठौं र नवौ राष्ट्रिय खेलमा गैरआवासीय नेपाली संघ, स्पोर्ट्स एकेडेमीका  म्यानेजमेन्ट प्रमुख एवम् खेल संयोजकको महत्वपूर्ण भुमिका निर्वाह गरेका संघका मध्यपुर्व संयोजक मनोज गोर्खाली र संरक्षक रमेश श्रेष्ठ, राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष ठाकुर ढुंगानालगायत सम्पूर्ण टिमको महत्वपूर्ण भूमिका रहेको समेत जानकारी दिए। 

    युएईमा रहेको सामाजिक संघ संस्था, विभिन्न क्लब लगायत खेलाडीहरुलाई उक्त खेलमा सहभागिता जनाई दिन खेल संयोजक ठकुरीले अनुरोध गरेका छन्। 


    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...