News Portal

धरानमा गोर्खा ट्रेलर ब्लेजरको उपाधि देवराज बस्नेत र छेन्बियामा राईले जित्यो (भिडियो सहित)

“दोस्रो विश्व युद्धका दुई जीवित योद्धालाई विशेष सम्मान!”

हिमालीसंचार संवाददाता
५५७ पटक

सन्जिब कोयी/धरान – पुर्वाञ्चलको सुन्दर नगरी धरानमा गोर्खा ट्रेल ब्लेजरको पहिलो संस्करण शनिवार सम्मपन्न भएको छ। ट्रेल ब्लेजरमा पुरुषतर्फको उपाधि खोटाङका देवराज बस्नेतले जितेका छन् भने महिलातर्फ धरानकी छेन्बिमाया राईले जितेकी छिन्।

गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनमा आयोजित ट्रेल ब्लेजर प्रतियोगिता धरानको रत्नचोकबाट गोर्खा स्मृति पार्क धरान-२० सम्मको ८.५ किलोमिट दुरीमा खोटाङका धावक बस्नेतले ३१.२५ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेका थिए। त्यस्तै, महिलातर्फ धरानकी राईले ४३.०७ मिनेटमा दौड पुरा गर्दै उपाधि सुरक्षित गरेकी हुन्। विजेताले जनही नगद १५ हजार, प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरे। 

त्यस्तै, पुरुषतर्फ दोस्रो उपाधि विजेता धरानका प्रशान्त तामाङले ३१.४७, तेस्रोमा खोटाङका जुनेश खड्काले ३२.३२ मिनेट र चौथो हुने विर्तामोडका समीर कन्दङ्वाले ३१.४९ मिनेटमा दूरी पार गर्दै उपाधि सुरक्षित गरे। विजेता खेवाडीले नगद १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण-पत्र, मेडल र ट्रफी प्राप्त गरेका थिए। 

महिलातर्फ सङ्खुवासभाकी सुनकला राई ४४.१३ मिनेटमा दोस्रो, धरानकी इन्द्रकला लिम्बूले ४४.५२ मिनेट पार गर्दै तेस्रो र धरानकी कल्पना राईले ४६.३१ मिनेटमा निर्धारित दूरी पार गर्दै तेस्रो भएकी थिइन्। विजेता खेलाडीले नगद १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण-पत्र, मेडल र ट्रफी प्राप्त गरे विजेता खेलाडीलाई धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङद्वारा पुरस्कार प्रदान गरिएको थियो । 

गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा आयोजित प्रतियोगिताको अबसरमा दोस्रो विश्व युद्ध लडेका दुई वीर गोर्खाली योद्धालाई धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”द्वारा दोसल्ला र खुकुरी प्रदान गर्दै विशेष सम्मान गरिएको थियो। 

सम्मानीत हुने वीर गोर्खा योद्धा तेह्रथुमका १०१ वर्षीय धनदल लिम्बु हाल धरान -११ निवासी र संखुवासभाका १०१ बर्षीय मानबहादुर लिम्बु हाल विराटनगर निवासी द्वय वीर गोर्खाली योद्धालाई सम्मान गरिएको थियो। ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई उपस्थित हुन सकेनन् । वहालाई पनी सम्मानका लागि तयारी गरेको  गोर्खा मिमेन्ट्री ट्रष्टका अध्यक्षले बताए। 

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा स्थापित ट्रले ब्लेजर सन् २०१८ मा नेपालमा स्थापनी गरिएको समेत अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। गोर्खा सिमेट्री ट्रष्ट नेपालले विशेष गरेर वीर गोर्खाली योद्धाहरुलाई सम्मान गर्दै जाने उदेश्यका साथमा यो संस्था स्थापनी गरिएको हो। हङकङमा पुर्खा दिवसको अबसकमा प्रत्येक बर्ष गोर्खा ट्रेल ब्लेजर प्रतियोगिता हुदै आएको छ। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...