News Portal

  • धरानमा बैरागी काइलालाई नागरिक अभिनन्दन: सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र दीप श्रेष्ठलाई प्रतिभा सम्मान (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ४४९ पटक

    सन्जिब कोयी/धरान – नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयामेली साहित्यकार कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार बैरागी काईला (तिल बिक्रम नेम्वाङ) लाई धरानमा भव्य रुपमा नागरिक अभिनन्दन, कवि सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र वरिष्ठ गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान गरिएको छ। 

    शनिबार कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार बैरागी काईलालाई नेपाली साहित्यमा विशेष गरेर कवितामा विशिष्ठ योगदान पुऱ्याएका आधुनिक नेपाली कविताका साधक, लिम्बु समुदायको भाषा अनुबादकका रुपमा विशेष योगदान पुऱ्याएको सिगो राष्टका लागि अमुल्य ग्रन्थ कविता-काव्य तथा मुन्धुमी वाङ्मयको क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका वरिष्ठ कवि काईलाईलाई सम्मान गरेको हो। 

    नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सदस्य निर्मला राई परिशेसका अनुसार पहिलो प्रतिभा सम्मानद्वारा कवि पाख्रिनलाई नगद १ लाख, सम्मान पत्र, वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार सहित सम्ममान पत्रद्वारा धरान-१० स्थित सैनिक भवनमा एक विशेष कार्यक्रमको आयोजना गरि गत शनिबार सम्मानद्वारा सुशोभित गरिएको हो। आयोजित कार्यक्रममा नौमति बाजा, केलाङ नाच, नेवा समुदायका धिमे बाजा र किराया धरान-१७ नगर कमिटीले साकेला र किराया समुदायको फेदाङमा मौलिक मुन्धुमी नाच सहित नगर परिक्रमा गरेका थिए। 

    आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार, विशिष्ठ व्यक्तित्व बैरागी काइलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा.डा. गोविन्दराज भट्टराईले प्रकाश पारेका थिए। भट्टराईले सम्मानीत व्यक्तित्व काइलासंग पारिवारिक सम्बन्ध समेत निकट रहेको उल्लेख गर्दै नेपाली साहित्य कवितामा महत्वपूर्ण योगदान रहेको उनको जोड थियो। 

    त्यस्तै, वरिष्ठ गीतकार शिवशंकर थापाले वरिष्ठ गायक श्रेष्ठ र कवि पाख्रिनको बाबासंगको अन्तर सम्बन्ध रहेको भन्दै उनको समेत खुलेर चर्चा गरेका थिए भने कवि पाख्रिनको कवित्व बारे साहित्यकार वरिष्ठ काव्य साधक बम देवानले चर्चा गरेका थिए। 

    नेपाली साहित्यका आयामेली शिखर पुरुष काइलाको नागरिक अभिनन्दन समारोहमा प्रमुख अतिथिको रुपमा आएका प्रदेश प्रमुख प्रर्शुराम खापुङले शिखर पुरुष काइलालाई सम्मान पत्र आफ्नो हातबाट प्रदान गर्न पाउदा जीवनको सबै भन्दा धेरै खुशी भएको बताएका थिए। 

    नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार धरान-१० स्थित सैनिक भवनमा आयोजना गरेको कार्यक्रमको सभापति प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्वमा सम्मपन्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले संचालन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...

    गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा ग्राभेलसम्म नहुँदा स्थानीय जनता सास्तीमा

    हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ...

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...