News Portal

धरानमा बैरागी काइलालाई नागरिक अभिनन्दन: सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र दीप श्रेष्ठलाई प्रतिभा सम्मान (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५९४ पटक

सन्जिब कोयी/धरान – नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयामेली साहित्यकार कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार बैरागी काईला (तिल बिक्रम नेम्वाङ) लाई धरानमा भव्य रुपमा नागरिक अभिनन्दन, कवि सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र वरिष्ठ गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान गरिएको छ। 

शनिबार कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार बैरागी काईलालाई नेपाली साहित्यमा विशेष गरेर कवितामा विशिष्ठ योगदान पुऱ्याएका आधुनिक नेपाली कविताका साधक, लिम्बु समुदायको भाषा अनुबादकका रुपमा विशेष योगदान पुऱ्याएको सिगो राष्टका लागि अमुल्य ग्रन्थ कविता-काव्य तथा मुन्धुमी वाङ्मयको क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका वरिष्ठ कवि काईलाईलाई सम्मान गरेको हो। 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सदस्य निर्मला राई परिशेसका अनुसार पहिलो प्रतिभा सम्मानद्वारा कवि पाख्रिनलाई नगद १ लाख, सम्मान पत्र, वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार सहित सम्ममान पत्रद्वारा धरान-१० स्थित सैनिक भवनमा एक विशेष कार्यक्रमको आयोजना गरि गत शनिबार सम्मानद्वारा सुशोभित गरिएको हो। आयोजित कार्यक्रममा नौमति बाजा, केलाङ नाच, नेवा समुदायका धिमे बाजा र किराया धरान-१७ नगर कमिटीले साकेला र किराया समुदायको फेदाङमा मौलिक मुन्धुमी नाच सहित नगर परिक्रमा गरेका थिए। 

आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार, विशिष्ठ व्यक्तित्व बैरागी काइलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा.डा. गोविन्दराज भट्टराईले प्रकाश पारेका थिए। भट्टराईले सम्मानीत व्यक्तित्व काइलासंग पारिवारिक सम्बन्ध समेत निकट रहेको उल्लेख गर्दै नेपाली साहित्य कवितामा महत्वपूर्ण योगदान रहेको उनको जोड थियो। 

त्यस्तै, वरिष्ठ गीतकार शिवशंकर थापाले वरिष्ठ गायक श्रेष्ठ र कवि पाख्रिनको बाबासंगको अन्तर सम्बन्ध रहेको भन्दै उनको समेत खुलेर चर्चा गरेका थिए भने कवि पाख्रिनको कवित्व बारे साहित्यकार वरिष्ठ काव्य साधक बम देवानले चर्चा गरेका थिए। 

नेपाली साहित्यका आयामेली शिखर पुरुष काइलाको नागरिक अभिनन्दन समारोहमा प्रमुख अतिथिको रुपमा आएका प्रदेश प्रमुख प्रर्शुराम खापुङले शिखर पुरुष काइलालाई सम्मान पत्र आफ्नो हातबाट प्रदान गर्न पाउदा जीवनको सबै भन्दा धेरै खुशी भएको बताएका थिए। 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार धरान-१० स्थित सैनिक भवनमा आयोजना गरेको कार्यक्रमको सभापति प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्वमा सम्मपन्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...