News Portal

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनबाट उमेश राई अध्यक्षमा चयन

हिमालीसंचार संवाददाता
३९३ पटक

कुवेत सिटी। किरात राई यायोख्खाको तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ। सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेस्रो अधिवेशनले ५९ कार्यसमिति चयन गरेको छ।

कुवेतको सनैया स्थित कोहिनुर इन्टरनेशनल होटलमा अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी विशिष्ट अतिथिमा किराया कुवेतका संस्थापक संरक्षक तथा गैरआवासी नेपाली संघ मध्यपुर्व उप-संयोजक अमित चाम्लिङ राई, आईसीसी सदस्य हरी लावती, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, मगर संघ कुवेत, तमु समाज कुवेत, नेपाल तामाङ घेदुङ, तमु प्लेहु संघ कुवेत, किरात याक्थुङ चुम्लुङ,सुनुवार सेवा सामाजलगायत कुवेतमा कृयाशिल विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार कलाकारहरुको उपस्थिति रहेको थियो।

संस्थाको कृयाकलापको बारेमा निबर्तमान महासचिव शुधिर राईले संस्थाका महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरेका थिए। जसमा संस्थाको स्थापना र गतिविधि, आर्थिक सहयोग, राजदूतावास र कृयाशिल संघसंस्थासंगको सहकार्य र समन्वय बारे समिटिएको थियो। कार्यक्रम संचालन महासचिव रोशन राईले गरेका थिए भने, स्वागत मन्तव्यद्वारा अतिथिहरुलाइ उपाध्यक्ष माया चाम्लिङ राईले स्वागत गरेकी थिइन्।

कार्यक्रममा राष्ट्रिय गान पश्चात् सभापति, प्रमुख अतिथि, विशिष्ट लगायतले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको समुउद्घाटन गरिएको थियो।कार्यक्रमको शुरुआतमै संस्थाका कलाकारहरुले राई सममुदायको प्रचलित झाँकी साकेला शिलिले उपस्थित पाहुनाहरुलाइ मनोरंजन दिलाएका थिए। कार्यक्रमलाइ साविक भन्दा केहि फरक मोडेलको तालिकामा कार्यक्रमलाई शानदार बनाइएको थियो।

फेसबुकमा भिडियो हेर्नुहोस्:-

प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले शुभकामना मन्तव्य दिनुहुदै प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कार, संस्कृतिलाइ जगेर्ना गर्दै आएको सर्हानिय कार्य भएको र यस्ता कार्यक्रमलाई दुतावासको साथ र सहयोग सदैव रहने बताउनु भएको थियो।

निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राई, संस्थापक/संरक्षक अमित चाम्लिङ राई, निवर्तमान महासचिव शुधिर राई, निवर्तमान उपाध्यक्ष नैन कला राई रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति गठन गरेको थियो। निर्बिरोध निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले अध्यक्षमा उमेश राईको नेतृत्वमा ५९ जना कार्य समिति गठन गरेको घोषणा गरेपछि सफत ग्रहण गराईएको थियो।

कार्यक्रमको बिचबिचमा मनोरंजनका लागि किराती भेषभुषामा झकिझकाउ कलाकारहरुद्वारा उत्कृष्ट नृत्यहरु र गायनले हलमा उपस्थित अतिथिहरुलाई वान्स मोरको हुटिङ गुन्जिदै भरिपुर्ण मनोरंजन दिलाएको थिए। यसैगरि संस्थालाइ योगदान दिएको व्यक्तिहरु लगायत कार्यक्रमलाइ सफल पार्न ब्यक्तिगत र संस्थागत आर्थिक सहयोग गरिएका सहयोगी मनहरुलाइ आयोजकको तर्फबाट सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो।

किराया कुवेतको स्थापना कालदेखि नै महत्त्वपूर्ण योगदान दिदै नेतृत्व सम्हाल्नु भएकोमा निवर्तमानमा अध्यक्षलाई संस्थागतरुपमा किराया कुवेत, खोटाङ कुवेत सम्पर्क मन्च, याक्थुङ चुम्लुङ कुवेत, आदिवासी जनजाती महासंघ कुवेत, तीन किराँती कुवेत, निरेम प्रोडक्सन र विभिन्न संघसंस्था र शुभेच्छुकहरुले मायाको चिनो र दोसल्ला ओढाएर बिदाई गरेका थिए।

किराया कुवेतको खम्बाको रुपमा रहेर योगदान दिएका चाम्लिङको विदाईको पल सबैमा भावुकता छाएको थियो। दुई दशक लामो कर्मभुमी कुवेतको बसाईलाई बिट मारेर आफ्नै देशमा आमाको हातको तातो जाउलो खान र आफ्नै देशको भुमिमा कर्म गर्नको लागि चाम्लिङ स्वदेश फिर्दैछ्न।

त्यसैगरी विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्यमा किराया कुवेतको सकृयताको बारेमा प्रशंसा गर्दै यस समितिलाइ आगामि दिनमा अझ उत्कृष्ट हुने शुभकामना व्यक्त गरेका थिए। आयोजकद्वारा कार्यक्रममा चियापान र दिव्यभोजको ब्याबस्था समेत गरिएको थियो।

कार्यक्रको अन्त्यमा सभापति तथा निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राईले कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा कार्य ब्यस्तताको वाबजुद पनि उपस्थिति जनाई अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग पुर्याउने हुने सम्पुर्णलाई ब्यक्तिगत र समग्र आयोजक किरात राई यायोक्खा कुवेतको तर्फबाट धन्यवाद ज्ञापन साथै आभार प्रकट गरेका थिए।

नयाँ कार्य समिति यस् प्रकार छन्:-

संरक्षक
– अमित चाम्लिङ राई

वरिष्ठ सल्लाहकार
– मन्जित चाम्लिङ राई

सल्लाहकार
– नैना कला राई
– शुधिर राई

१) अध्यक्ष – उमेश राई
२) उपाध्यक्ष – चत्तुरभक्त राई (सबिन दुमी राई)
३) – मोहन नाछिरिङ राई
४) – मोहन राई
५) – निर्मला राई
६) – माया चाम्लिङ राई
७) महासचिव – रोशन राई
८) सचिव – भूमिराज राई
९)  सहसचिव – कविता राई
१०) – महेन्द्र चाम्लिङ राई
११) कोषाध्यक्ष – अमृता थुलुङ राई
१२) सहकोषाध्यक्ष – सुरज राई
१३) प्रवक्ता – मानस राई
१४) संगठन विभाग प्रमुख – राजन चाम्लिङ राई
१५) संगठन विभाग उपप्रमुख – अरुण चाम्लिङ राई
१६) वरिष्ठ सदस्य – भगत राई
१७)  – प्रकाश थुलुङ राई
१८)  – दिक्षा थुलुङ राई
१९)  – निशा राई
२०)  – महेन्द्र राई
२१)  – यूवराज चाम्लिङ राई
२२)  – कुमारी राई
२३) सदस्य – बबिता कुलुङ राई
२४)  – ममता चाम्लिङ राई
२५)  – अशोक चाम्लिङ राई
२६)  – भुपेन्द्र राई
२७)  – रुद्रमान राई
२८)  – संजय राई
२९)  – दिनेश नाछिरिंग राई
३०)  – अनु राई
३१)  – सजना राई
३२)  – डी. बी. राई
३३)  – भिम साम्पाङ राई
३४)  – कमला राई
३५)  – उषा राई
३६)  – रन्जु गुरुङ राई
३७)  – भुमि ध्वज राई
३८)  – प्रबिण चाम्लिङ राई
३९)  – इन्सन राई
४०)  – कल्पना बान्तवा राई
४१)  – रोजिना राई
४२)  – तारा चन्द्र राई
४३)  – रामचन्द्र चाम्लिङ राई
४४)  – दिलु कोयु राई
४५)  – सोनु राई
४६)  – संगीता राई
४७)  – सुजता राई(मेरी)
४८)  – अन्चल राई
४९)  – राजन राई
५०)  – सुजा राई
५१)  – अनिता राई
५२)  – मनोज राई
५३)  – प्रविन राई
५४)  – सोना नाछिरिङ राई
५५)  – अनिता दुमी राई
५६)  – च्याप्ति माया राई
५७)  – इन्दिरा राई
५८)  – योजना कुलुङ राई
५९)  – अमृत राई

फेसबुकमा थप तस्वीरहरु हेर्नुहोस्:-

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...