News Portal

मोना कुवेतको तेश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सवको सम्पुर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
२३४ पटक

कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको छ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव साथमा  विविध सांस्कृतिक कार्यक्रम १७ मार्च शुक्रवारको दिन मङ्गाफस्थित मेमोरिस हलमा आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासचिब तेजिद्र श्रेष्ठले जानकारी दिएका छन।

म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो  । ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थितिका  लागि निमन्त्रणा गरिसकिएको जनाएको छ । यदी कुनै कारणवश निमन्त्रणा प्राप्त नभएको भए यसै समाचारलाई आधार मानी  कार्यक्रममा उपस्थितिको लागि  मोना कुवेतले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति : १७ मार्च २०२३ ( शुक्रवार )
समय : दिनको ठिक १२ बजे
स्थान : मङ्गाफ, मेमोरिस हल, कुवेत
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना)   कुवेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...