News Portal

मोना कुवेतको तेश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सवको सम्पुर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
२५३ पटक

कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको छ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव साथमा  विविध सांस्कृतिक कार्यक्रम १७ मार्च शुक्रवारको दिन मङ्गाफस्थित मेमोरिस हलमा आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासचिब तेजिद्र श्रेष्ठले जानकारी दिएका छन।

म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो  । ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थितिका  लागि निमन्त्रणा गरिसकिएको जनाएको छ । यदी कुनै कारणवश निमन्त्रणा प्राप्त नभएको भए यसै समाचारलाई आधार मानी  कार्यक्रममा उपस्थितिको लागि  मोना कुवेतले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति : १७ मार्च २०२३ ( शुक्रवार )
समय : दिनको ठिक १२ बजे
स्थान : मङ्गाफ, मेमोरिस हल, कुवेत
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना)   कुवेत

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...