News Portal

एलाइनेट फिटनेश क्लबको आयोजनमा “चौथो मिस्टर कोशी” हुने, आवश्यक तयारी पुरा (भिडियो सहित)

एलाईनेट जिमको २०औं प्रस्तुति!

विकास चाम्लिङ राई
३३७ पटक

विकास चाम्लिङ राई/धरान – “स्वस्थ्य जीवन, सुन्दर भविष्य, हरेक युवाको सपना, नियमित व्यायाम, स्वच्छ समाज, एलाईनेट जिमको चाहाना” भन्ने मुल नाराका साथमा एलाइनेट जिमको आयोजनामा आगामी चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडिहरुले सहभागिता जनाउने आयोजकले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । प्रतियोगिताका विजेताले नगद १ लाख १० हजार र ५० हजार वरावरको फिटनेस गिफ्ट ह्यम्पर, दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाचौले २० हजार र छैठौले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

त्यस्तै, व्यक्तिगत विद्यातर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट वडि, मस्कुलर मेन र वेस्ट टिम क्लवको उपाधि विजेताले जनही नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुने र ४ गते प्रि–जजिङ्गबाट छनौट भएकाहरुले प्रतिस्पर्धी गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी गराए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समुह रहेको छ । प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समुहबाट ६ जना खेलाडि फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछ ।

चौथो मिस्टर कोशी एलाइनेट जिमको २०औ प्रस्तुति हो । यस अघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मिस्टर पूर्वाञ्चल, ३ वटा मिस्टर कोशी, ४ वटा मिस्टर धरान र १ वेन्चप्रेस च्याम्पियशिप आयोजना गरिसकेको छ । 

एलाइनेट जिमको आयोजनामा विस २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना भइसकेको छ । र, विस ०६५ र ०६६ सालमा उर्लावारीको विकास धिमाल र ०६७ सालमा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए । प्रतियोगिता धरान-८ स्थित धरान सभागृहमा हुने भनिएता पनि प्राविधिक कारणले धरान १३ स्थित अमर सेवा समाजको हलमा हुने भएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...