रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा नगर स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला आयोजना गरिएको छ।
नगर भित्र रहेका सामुदायिक तथा नीजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ । सुनर्षी नगरपालिका ४ स्थित काली माध्यमिक बिधालयको प्रागनमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।
अन्तर बिधालय प्रतियोगितात्मकमा नीजि तथा सामुदायिक गरि १६ वटा बिधालयहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा बिधार्थीहरुले तरकारी खेती, पार्क, मिसाईल बम, आलु, काक्राबाट बिधुत उत्पादन हेलिकप्टर लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि श्याम राजवंशी, उपमेयर मिरादेवि दास, प्रशासन अधिकृत रुद्रप्रसाद दुलाल, शिक्षा शाखा प्रमुख हरीप्रसाद कट्टेल, स्थानीय वीरवहादुर राई, विनोदकुमार राजवंशी, छेदिया यादव, विभिन्न बिधालयका प्रिन्सिपल सनराईज बोर्डिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतले प्रदर्शनी सहभागीहरु मध्ये प्रथम, द्वतिय र तृतियहुनेहरुलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद समेत बितरण गरेको शिक्षा शाख प्रमुख हरीप्रसाद कट्टेलले बताए ।
शिक्षा युवा खेलकुद शाखा आयोजना तथा काली माध्यमिक बिधालय, सनराईज सेकेण्डरी बोर्डिङ स्कुल बम काली केवरत समाजको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। अबलोकन टकुवा, बटरवारी, कासिजान लगायत सर्वसाधारणहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो।