News Portal

  • लिम्बु समुदायको मौलिक कथाबस्तुमा आधारित चलचित्र ‘युक्पुङ’को छायांकन सम्पन्न (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २१० पटक

    धरान – पुर्वी नेपालको लिम्बु समुदायको लिम्बु भाषा, संस्कार र सस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक  चलचित्र युक्पुङ (बस्ती) को छायांकन सकिएको छ।

    चलचित्रको बारेमा जानकारी दिन निर्माण टिमले हिजो मंगलबार धरानको बगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी  युक्पुङको बारेमा जानकारी दिएका हुन। निर्माण युनिटका केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नरकुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको फिल्मका निर्देशक दिनेश माङ्मु हुन भने चलचित्रको पठकथा बिष्णु मोक्तान र मदन वानेमले लेखेको चलचित्रका मुख्य कलाकार तथा गायक कुशल थलङले जानकारी दिए । 

    लिम्बु समुदायको मौलिक कथा भन्ने युक्पुङले चलचित्रमा पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलाञ्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथा रहेको थलङले जानकारी दिए । 

    पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले  हाम्रो जात, धर्म  र पहिचाननै लोप हुने अवस्थामा पुगेकले हामीले हाम्रै गाउघरको कथालाई दैनिकीलाई टपक्क टिपेर युक्पुङ (बस्ती) चलचित्रको पर्दामा उतारिएको थलङको दावी छ ।     

    कुल लागत ४५ लाखको लागतमा निर्माण गरिएको युक्पुङ पूर्वका रमणिय स्थलहरु तेह्रथुमको साभ्ला ,चोत्लुङ पार्क, धनकुटा र बसन्तपुरमा छायांकन गरिएको समेत निर्माण पक्षले जानकारी दिए । हाल पोस्टप्रोडक्सनको काम भैरहेको ‘युक्पुङ’  १ घण्टा ४० मिनेटको  रहेको निर्माण टिमले जानकारी समेतदिएको छ । 

    नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बु र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।

    पत्रकार सम्मेलनमा उपस्थित अतिथिहरुले चलचित्रको सफलताको शुभकामना दिएका थिए। याक्थुङ चलचित्र सिनेकर्मी नवीन मेन्याङ्बो सफलताको शुभकामना दिदै नेपाली फिल्म ईन्ड्स्ट्रीजमा अर्को एक ईटा थप्ने अपेक्षा लिएका थिए । मेन्याङ्बोले हाम्रो गाउघरको, हाम्रै माटोको कथा बोल्ने चलचित्रले अरुको नक्कल नगरी आफनै जनजीवनको कथा व्यथा ल्याउन सके सफलताको शिढीमा चढ्न सकिने जिकीर गरे । 

    त्यस्तै, अर्का बक्त्ता नेपाल पत्रकार महासंघ  सुनसरीका अध्यक्ष जनकऋषि राईले  हिन्दी चलचित्रबाट  प्रभावित भएर दाजु-भाई झगडा गरेको चलचित्र मात्र पस्केर नेपाली चलचित्र नहुने भन्दै, हामी भित्र भएको, हाम्रा कथाहरु खोजेर, आफ्नै मौलिक कथामा  चलचित्र निर्माण गरे सफल हुने बताए । कलाकार तथा निर्देशक   प्रेम सुब्बाले नेपाली चलचित्र भारतीय चलचित्रबाट प्रभावित रहेको र मनोरञ्जनका लागि मात्र नभएर आफ्नो मौलिक संस्कार  र संस्कृति बचाउदै मौलिक चलचित्र निर्माण गरेमात्र हाम्रो समाज र संस्कारको उत्थान हुने समेत बताए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal