News Portal

मार्च १७ मा हुने चितवन सेवा समाज कुवेतको तेस्रो अधिवेशनको तयारी पुरा

हिमालीसंचार संवाददाता
२६२ पटक

कुवेत सिटी। “हाम्रो प्यारो चितवन” भन्ने मूल नारा लिएर २०१६ गठन भएको समाज (चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन) आगामी मार्च १७ तारिख शुक्रबारका दिन कुबेतको फर्वानियास्थित शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे बताइएको छ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनबासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुवेतले आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

चितवन सेवा समाज कुवेतले स्थापनाकाल देखि नै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई, कहिले गाउँ समाजलाई भने, कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।

चितवन सेवा समाज कुवेतले यो भन्दा पहिले पनि नेपालबाट कुवेतमा अतिथी कलाकार ल्याई भब्य सागितिक कार्यक्रम गरी कुबेतबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई भरपुर मनोरन्जन दिईसकेको छ।

उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

        कार्यक्रम हुने :-

मिति – १७ मार्च २०२३, शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया
समय – बिहान ११ बजे
आयोजक – चितवन सेवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...