News Portal

हास्य कलाकार बलेका बुवा राजेन्द्र लम्सालको स्पेनमा निधन

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं। जापान टोकियो, मैले चिठ्ठी पठाकै थिएँ नि कता रोकियो ? बोलको गीतका गायक राजेन्द्र लम्सालको निधन भएको छ। कुनैबेलाका चर्चित लोक गीतमा स्वर दिएका गायक लम्सालको पिसाब लगायतका समस्याहरु थिए।

लामो समयदेखि स्पेनमा बस्दै आएका उनको उपचारको क्रममा स्पेनमा नै निधन भएको हो। लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ।

चर्चित हास्य टेलिशृंखला सक्किगोनीका हास्य कलाकार बलेका बुवासमेत रहेका लम्सालको ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन्।

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...