News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्चको वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमकाे तयारी पुरा

हिमालीसंचार संवाददाता
३२५ पटक

कुवेत सिटी।“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नारा बोकेर २०६६ मा स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत कुवेत साँस्कृतिक मञ्चको आफनो १४ औं बार्षिक उत्सव तथा २१ औं साँस्कृतिक कार्यक्रम आगामी मार्च १० तारिक२०२३ शुक्रबारको दिन कुवेत स्थित अब्बासियाको पपिन्स हलमा भव्यरुपमा मनाउने भएकाे छ।

सांस्कृतिक मञ्चले बिगतका बर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न साथै आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्धरहदै कुवेतका नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्दै आएको नेपाल कुवेत साँस्कृतिकमन्चको १४औं बार्षिकोत्सव तथा २१ औं साँस्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति लाईभ दोहोरीका दोहोरि कार्यक्रम रहने छ।

उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपालीदाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण

मिति : मार्च १० तारिक २०२३ शुक्रबार

समय: दिनको १ बजे

स्थान : पपिन्स हल (अब्बासिया ब्लक ४, स्ट्रिट ५, युनाइट्ड इन्डियन स्कुलको नजिक)

आयोजक : नेपाल कुवेत साँस्कृतिक मञ्च

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...