News Portal

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४७ पटक

कुवेत सिटी। कुवेतमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

कुवेतमै रहेका गायक सुन्दर परियारले असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरेका हुन।

उक्त गीतमा बहुचर्चित गायक पुष्कल शर्मा र चर्चित गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीतको शब्द र संगीत  गायक सुन्दर परियारको रहेको छ।

दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका छन् सुन्दरले।

कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने, इन्द्र थापा मगरले गरेका छन। उक्त गीतको म्युजिक भिडियोमा कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल ठकुरी, गोबिन्द बराललगायतको अभिनय देख्न सकिन्छ।

यो गीतको म्युजिक भिडियोलाई पुष्कल शर्माको अफिसियल युट्यु च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...