News Portal

प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।

यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता नगर्ने निर्णय गरेको थियो। अदालत प्रशासनको उक्त निर्णय सर्वोच्च अदालतले बदर गरेको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले दाहालले ३ वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी दिएको अभिव्यक्तिको आधारमा उनीमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। तर, सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको रिट भएको उल्लेख गर्दै दरपीठ गरेको थियो।

दरपीठ आदेशविरुद्ध निवेदकहरुले सर्वोच्चमा दिएको अर्को निवेदनका आधारमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो। निवेदकहरुले प्रधानमन्त्री दाहालबिरुद्धको रिट आइतबार दर्ता गर्ने योजना बनाएका छन्।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...