रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-१ स्थित काँटा मेला नजिकैमा रहेको धनश्यम गानगाईको पोखरी छेउमा खाल्डो खनेर गाडिएको अवस्थामा १५ बर्षीय युवाको शव फेला परेको छ।
गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढदै गरेका दिल बहादुर माझीका १५ बर्षीय छोरा विशाल माझी मृत अवस्थामा फेला परेका हुन । फागुन ११ गते विशाल घरबाट हराएको थिए।
उनको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीको गोप्य सुचनाको आधारमा १६ गते सोही स्थान बस्ने बर्ष ३५ का विरेन्द्र पासवान र निजको श्रीमती डल्लस पासवानलाई नियन्त्रणमा लिएपछि सोही दिन आफुहरुले हत्या गरेर गाडेको स्नीकार गरेपछि लाश गाडीको स्थानसम्म उनीहरु मार्फत नै प्रहरी पुग्न सफल भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले बताए।
विशालको धारीलो हतियारले घाँटी रेटेर काटेको र शरीर भरी खुकुरीले प्रहार समेत गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई ज्यान मार्ने कसुर अभियोगमा मुद्दा दर्ता गरेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।