News Portal

  • माल्दिभ्सका राष्ट्रपति निर्वाचन परिणाम रद्द गर्न असफल

    हिमाली संचार संवाददाता
    ५३७ पटक

    एजेन्सी–आइतबार माल्दिभ्सको सर्वोच्च अदालतले अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अनुमोदन गरिदिएको छ । राष्ट्रपति अब्दूला यामिनले निर्वाचनमा भएको आफ्नो पराजयलाई चुनौती दिँदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।

    प्रारम्भमा हार स्वीकार गरेका यामिन र उनका समर्थकहरुले अहिले आएर निर्वाचनमा धाँधली भएको र केही स्थानमा जाली मतपत्र भेटिएको बताउन थालेका छन् ।
    यामिन विपक्षीहरुको संयुक्त उमेद्वार इब्राहिम मोहमद सलिहसँग पराजित भएका थिए ।

    सर्वोच्चको फैसलामा यामिनले निर्वाचनमा धाँधली भएको प्रमाणित गर्न नसकेको उल्लेख छ । साथमा दुई उमेद्वारको मत परिणाममा देखिएको ठूलो भिन्नताले गर्दा मत दिने क्रममा कुनै गडबडी भएर निर्वाचन परिणाम प्रभावित पर्न सक्ने सम्भावना नरहेको उल्लेख छ ।

    आफ्नो राष्ट्रपतित्वकालमा पूर्वराष्ट्रपति रहेका आफ्ना सौतेनी भाई लगायत कयैन विपक्षीहरुलाई जेल हालेका यामिनले आफूबिरुद्ध मत परिणाम आएपछि त्यसबिरुद्ध अक्टोवर १० मा सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

    सेप्टेम्बर २३ मा सार्वजनिक भएको आधिकारिक मतपरिणामले विपक्षी उमेद्वार इब्राहिम मोहमद सोलिहले १६.८% को फरकले अप्रत्यासित जित हासिल गरेको देखाएको थियो ।

    अदालत बाहिर उपस्थित रहेका सयौं प्रदर्शनकारीले फैसलापछि यामिनलाई पक्राउ गर्नुपर्ने नारा लगाएका थिए । पहिलेको सुनुवाईजस्तो यो पटक सत्तारुढ पार्टीका समर्थकहरु अदालत बाहिर उपस्थित भएका थिएनन् ।

    माल्दिभ्सको निर्वाचन आयोगले सेप्टेम्बरको चुनाव स्वतन्त्र र धाँदलीरहित भएको बताइसकेको छ । निर्वाचनमा दर्ता भएका मतदातामध्ये ८९.२% ले मतदान गरेको आयोगले बताएको छ ।   निर्वाचनअघि स्वतन्त्र निर्वाचन नगराए माल्दिभ्समाथि प्रतिबन्ध लगाउने धम्की दिएको अमेरिकाले निर्वाचन परिणामलाई भने तत्कालै स्वागत गरेको थियो ।

    यसअघिनै विपक्षीहरुले नोभेम्बर १७ निर्धारित शक्ति हस्तान्तरण सहज नहुने आशंका व्यक्त गरेका थिए ।  मुद्दा दायर भएपछि माल्दिभ्सको निर्वाचन आयोगका चार सदस्यले धाक धम्कीलाई कारण देखाउँदै देश छाडेका थिए ।

    तथापि निर्वाचन परिणामलाई चुनौती दिए पनि यामीनले गत हप्ता आफूले सत्ता छाड्ने तयारी गरिरहेको बताएका थिए ।  यस वर्षको फेब्रुअरीमा यामिनले एक अदालतको फैसललाई निस्तेज गर्नको लागि संकटकाल लगाएदेखि यो सुन्दर देश राजनीतिक उतारचढाबबाट गुज्रिरहेको छ । अदालतले पूर्व राष्ट्रपति मोहम्मद नाशीदसहित नौ विपक्षी नेताहरुमाथि लागेको आरोप आमान्य घोषित गरिदिएपछि यामीनले संकटकाल लगाएका थिए ।

    हिन्द महासागरको प्रमुख जलमार्गको नजिक रहेको माल्दिभ्स पछिल्लो समय प्रभावको लागि भारत र चीनबीच भूराजनीतिक प्रतिस्पर्धास्थल बनेको छ ।

    चीन पक्षधर यामीनले यस टापू राज्यलाई चीननजिक पुर्यााएका थिए । चीनले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ्स अन्तर्गत एशियाभर व्यापार र यातायात सम्पर्क विस्तार गर्न माल्दिभ्समा पनि पूर्वाधार विकास गरिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...