आज : २०२६-०६-१०, बुधबार

अल मुजैनी कप भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जित्यो

कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ।

कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली खुला ‘अल मुजैनी कप’ भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो ।

त्यसैगरी प्रतियोगितामा दोश्रो उपाधि कल्याणकारी नेपाली समाज कुवेत र तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।
अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र  तृतीय हुने टिमले नगद ७५/-  केडि , ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

कुवेतमा कृयाशिल नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। अल मुजैनी एक्सचेन्जका सेल्स हेड एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ गिरिजन र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो। साथै अल मुजैनी एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई आकर्षक उपहार समेत वितरण गरेको थियो।