News Portal

तमू समाज कुवेतले सातौ बृहत रक्तदान कार्यक्रम अप्रिल २८ तारिख गर्ने

हिमालीसंचार संवाददाता
३५४ पटक

कुवेत – रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेतद्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ। कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो।

निश्चित समय अवधिपछि मानिसको शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने र रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानलाई महादान भनिन्छ। जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवस शरीरमा रगतको कमी भई जिबन र मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्त पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ।

यही वास्तविक सत्यलाई जनमानसमा अभिबृद्धी गर्दै तमू समाज, कुवेतले विगत २०१३ साल देखी यस् कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको छ। यो सातौ बृहत रक्तदान कार्यक्रम हो। यस बिच रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहल कदमीमा रगत उप्लब्ध गराईएको छ।

तसर्थ, कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकसँग समन्वय गरी आगामी अप्रिल २८ गते शुक्रबार ‘सातौ बृहत रक्तदान कार्यक्रम २०२३’ तय गरिएको आयोजक तमू (गुरुङ) समाज, कुवेतले जनाएको छ। साथै यस मानवीय पुण्य कार्यमा सहभागी भैइ स्वइच्छुक रुपमा रक्तदान गर्न सम्पूर्ण रक्तदाताहरुलाई अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...