News Portal

तमू समाज कुवेतले सातौ बृहत रक्तदान कार्यक्रम अप्रिल २८ तारिख गर्ने

हिमालीसंचार संवाददाता
३७३ पटक

कुवेत – रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेतद्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ। कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो।

निश्चित समय अवधिपछि मानिसको शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने र रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानलाई महादान भनिन्छ। जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवस शरीरमा रगतको कमी भई जिबन र मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्त पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ।

यही वास्तविक सत्यलाई जनमानसमा अभिबृद्धी गर्दै तमू समाज, कुवेतले विगत २०१३ साल देखी यस् कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको छ। यो सातौ बृहत रक्तदान कार्यक्रम हो। यस बिच रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहल कदमीमा रगत उप्लब्ध गराईएको छ।

तसर्थ, कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकसँग समन्वय गरी आगामी अप्रिल २८ गते शुक्रबार ‘सातौ बृहत रक्तदान कार्यक्रम २०२३’ तय गरिएको आयोजक तमू (गुरुङ) समाज, कुवेतले जनाएको छ। साथै यस मानवीय पुण्य कार्यमा सहभागी भैइ स्वइच्छुक रुपमा रक्तदान गर्न सम्पूर्ण रक्तदाताहरुलाई अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...