News Portal

कबिता – को हौ तिमी !

हिमालीसंचार संवाददाता
८४० पटक

भुर भुर गरि उड्ने चरी,
चंचल यो मन चुड्ने गरि…
न सताउ मलाई रात भरी,
परेलिमा आई घरीघरी।

छम छम् पायल पाउँभरी,
न बजाउ पायल त्यसो गरि…
छचल्किन्छन मोति नयन भरी,
साहेद कहिल्यै न थम्ने गरि।

जोड गरि उड्ने ढुक्कुर चरी,
खुल्ला आकाश आफ्नै गरि…
सयर गर उड्दै संसार भरी,
लानुपर्ने केही छैन आखिर मरी।

घुम्टो ओडि घुम्ने लाल परि,
को हौ तिमी घुम्ने यसो गरि…
छन् मान्छे यहाँ नानाथरी ,
रुवाउलान फेरि जीवन भरी।

धपक्क बलेकि जूनसरि,
मीठो एउटा बाँसुरीको धुन भरी…
जम्मै यो मन खालि गरि,
राखौं कित त्यही मन भरी।।

– तपिकुमार सिंह ठकुरी

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...