News Portal

कुवेतमा एमबि बमजन गोल्डकप अनिश्चितकालको लागि स्थगित

हिमालीसंचार संवाददाता
२३५ पटक

कुवेत सिटी। कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एमबि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ।

क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण खेलाडी र खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष क्षमा याचना गर्दै, सोको बदला “माउण्ट एभरेष्ट कप” स्थापना गरि आफ्नो फुटवल आयोजनाको १९औं संस्करण तत्काल सम्पन्न गर्ने समेत जानकारी दिएको छ।

क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार १७ फेब्रुअरी २०२३ का दिन कुवेतको फर्वानियास्ठित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको क्लवको मासिक बैठकले आगामी खेल १७ मार्च २०२३ शुक्रबारका दिन कुबेतको फाहाहिल सनैयास्थित सुकसवा फुटबल मैदानमा खेलाउने निर्णय गरेको हो।

क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी भई खेलको मनोरन्जन लिन अनुरोध गरेको छ भने, टिम दर्ता र टाईसिटको लागि आगामी १० मार्च २०२३ शुक्रबार महाबुल्लाको फुटबल मैदानमा बेलुकीसम्मको समय तोकेको छ। टिम दर्ता फि ‘इन्ट्री फि’ बारे चाँडै नै जानकारी दिने क्लवले बताएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...