News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्दै

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    टोपराज शर्मा
    बुटवल। मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ। यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो।

    जजिराले ६ पुस(२१ डिसेम्बर)देखि उडान रोकेको थियो। जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

    उनका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ। ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए। प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ।

    यसअघि जजिराले २ फेब्रुअरीदेखि उडान सुरु गर्ने आश्वासन दिएको थियो। तर उडान सुरु भएको थिएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ।

    प्रवक्ता झाका अनुसार विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ। अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानको आम्दानीले खर्च व्यवस्थापन गरिएको उनले बताए।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले कुनै बेला जहाजले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ। तर भारतीय आकाश प्रयोग गर्न भारत सरकारसँग सम्झौता हुनुपर्छ। उक्त सम्झौता नहुँदा विमानस्थलको प्रयोगमा एयरलायइन्सहरु आकर्षित हुन सकेका छैनन्।

    अर्कोतर्फ भैरहवा उडानका लागि नेपालको पश्चिम भेगबाट आउने जहाजले नेपाल छिर्न पूर्वी नेपालको सिमरा बिन्दुमा पुगेर पुनः भैरहवा फर्कनुपर्छ। यसले समेत यो विमानस्थलको उडान तुलनात्मक रुपमा महँगो पर्न जान्छ। भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिएको छैन।

    भैरहवा तथा यस आसपासको भिजिबिलिटी २०० मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ। विमानस्थलमा जडित आईएलएस (उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली) सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका थिए।

    ‘हवाई रुट प्रयोग गर्ने अनुमतिका लागि सरकारको उच्चस्तरीय तहबाट सम्वाद गरेर निकास निकाल्नुपर्नेछ’ झा भन्छन्। लुम्बिनीमा पर्यटक आउने सिजनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकिंदा पर्यटन व्यवसायीहरु चिन्तित छन्।

    लुम्बिनीमा अक्टोबरदेखि मार्चसम्म पर्यटकहरू बढी आउने गरेका छन्। ‘सिजनको बेला अन्तर्राष्ट्रिय उडान नभएपछि पर्यटनमा ठूलो असर परेको छ’ लुम्बिनीका होटल व्यवसायी अक्रम खानले भने।

    व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन्। ‘सरकारको अर्बौ लगानी भएको विमानस्थलमा अन्य एयरलाइन्सको विश्वास र आकर्षण बढाउन पनि नेपाल एयरलाइन्सको उडान नियमित हुनुपर्छ,’ पर्यटन व्यवसायी रचना पन्तले भनिन्, ‘नेपाल एयरलाइन्सको आफ्नै ग्राउण्ड ह्याण्डलिङ अफिस र कर्मचारी छन्, पार्किङ र ल्याण्डिङ चार्ज फ्रि भएकाले यात्रुलाई सस्तो पनि पर्छ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले २२ माघमा विमानस्थल अवलोकन गर्दै तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका थिए। उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हवाई रूटको एजेन्डा राख्ने बताएका थिए।

    प्रतिकृया दिनुहोस्

    पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ...

    पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

    पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका...

    मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

    काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका...

    परराष्ट्रले सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

    काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न...

    नव-निर्वाचित एनआरएनए कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं, वैशाख ३१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नव-निर्वाचित कार्यसमितिले परराष्ट्रमन्त्री डा. आरजु...