
टोकियो। जापानमा दुईजना नेपालीको मृत्यु भएको छ। जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफल डाँडाका ज्योति पुनको मृत्यु भएको हो।
पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ। पुनको शनिबार जापानमा अन्त्येष्टि गरिने एनआरएनए आइसिसी सदस्य दीपक कार्कीले जानकारी दिए।
गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेका अनुसार मृतक गुरुङको शव साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्टिका लागि परिवारसँग सम्पर्क भइरहेको बताए।
जापानमा यस वर्ष नेपालीहरूको मृत्युको संख्या बढ्दो रहेको बताइएको छ। जनवरीदेखि हालसम्म २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भइसकेको जनाइएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
