News Portal

पत्रकार मिश्रको पहलमा एनआरएन स्विजरल्याण्डले निर्माण गर्दै विद्यालय भवन

हिमालीसंचार संवाददाता
२१९ पटक

कैलाली। कैलाली घोडाघोडी नगरपालिका ९ मा रहेको मोहन्याल आधारभूत विद्यालयका करिब २० जना विद्यार्थीहरु अहिले भर्खर अक्षर चिनिरहेका छन्। कलिला उमेरका यहाँका बालबालिकालाई न राम्रो बस्ने स्थान छ नत राम्रो भवन।

भर्खर विद्यालय जान लागेका बालबालिकाहरूको लागि उपयुक्त अध्ययन कक्ष नहुँदा समस्या भइरहेको थियो। अहिले उनीहरुको लागि एउटा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ।

पत्रकार प्रकाश मिश्रको पहलमा बालबालिकाहरूको लागि भवन निर्माण सुरु गरेका हुन्। एनआरएन स्विजरल्याण्डको एक एनसिसी एक परियोजना अन्तरगत मोहन्याल आधारभूत विद्यालयमा २२ फिट चौडाइ ४५ फिट लम्बाइ भएको कक्षा कोठा निर्माण भइरहेको छ। उक्त भवन निर्माण पछि भुईँमा बसेर बढ्नु पर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा सबै भन्दा धेरै अक्षर चिन्ने विद्यार्थीहरू छन्। उनीहरूलाई नै सबै भन्दा धेरै समस्या भएको देखेर यहाँ भवन निर्माणको लागि पहल गरिएको सहयोग नेपालका अध्यक्ष समेत रहेका पत्रकार मिश्रले बताए।

साढे ५ लाख लगानीमा निर्माण गर्न लागिएको भवनको लागत खर्च बढिरहेको मिश्रले बताए। यता धमाधम भवन निर्माण भइरहेको देखेर विद्यार्थी र शिक्षक सबै खुसी छन्।

‘यो भवनले हामीलाई निकै सहज हुने छ’ विद्यालयका प्रधानाध्यापक लक्ष्मण घर्तीले भने, ‘यहाँ हामीले बाल विकास चलाउने अपेक्षा गरेका छौँ। भवनले साना बालबालिकाहरूको अध्ययनमा निकै सहज हुने भन्दै प्रधानाध्यापक घर्तीले सहजीकरण गरिरहेका मिश्र र एनआरएन स्विजरल्याण्ड अध्यक्ष शुभ एल्मर लामालाई धन्यवाद दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...