News Portal

  • धनगढीकि उपप्रमुखले विद्यार्थीबाट लिइन् रातो कार्पेटमा सलामी

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    धनगढी। धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला कुमारी रानाले गरेकी छन्। प्रतियोगित उद्घाटनका क्रममा रातो कार्पेटमा उभिएर उनले विद्यार्थीबाट सलामी लिएकी थिइन्।

    धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट सुरु भएको प्रतियोगितामा मार्चपासमा सहभागी विद्यार्थीले प्रमुख अतिथि नगर उपप्रमुखलाई सलामी अर्पण गरेका थिए।

    नगर उपप्रमुख रानाले रातो कार्पेटमा उभिएर सलामी फर्काएकी थिइन्। कार्यक्रममा उनले विद्यार्थीहरूलाई खेलप्रति रुची बढाउन र क्षमता बढाउन प्रतियोगिता आयोजना गरिएको बताइन्।

    नगरभित्र ७३ सामुदायिक विद्यालय छन्। नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित रानाले रातो कार्पेटमा उभिएर विद्यार्थीहरूबाट सलामी लिएपछि विरोध भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...