News Portal

राजारानीमा विश्वकै लोप हुँदै गएको अर्किट ओझेलमा

अशोक तिरुवा
३०२ पटक

मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित राजारानीमा विश्वमै लोप हुँदै गएको अर्किट प्रजातिका सुनाखरी संरक्षणको प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। पुर्वाञ्चलको सुन्दर नगरी लेटाङ नगरपालिका स्थित राजारानीमा विभिन्न २५ प्रजातिका सुनाखरी र पानीको सतहमुनीबाट उम्रेका विरुवाहरु पाइन्छ । 

नेपालको समतल गर्विलो भुगोलले पूर्वी पहाडी क्षेत्रमा अबस्थित यस स्थलमा मोरङ जिल्लाको बेलबारीदेखि करिब साडे तीन किलोमीटर उत्तरमा अबस्थित राजारानी स्थित सुन्दर पडाहमा दुर्लब प्रजातिको बनस्पति पाईन्छ । प्राकृतिक रुपले अत्यन्तै मनमोहक, सौन्दर्यताले सजिएको यस स्थाननमा तिब्र विकास र आवश्यक प्रचार प्रसार नभएको कारणले पर्यटकहरु त्यस स्थलमा पुग्न नसकेका कारण त्यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल नभएको हो। 

लेटाङ नगरपालिकाको राजारानी विशेष गरेर धिमाल र मगर जातिको बाहुल्यता र उत्गम स्थल हो । यस स्थानमा धिमाल जातिको कुल मन्दिर, हिन्दु धर्मवालम्बिका लागि राजारानी मन्दिर, राजा ताल, रानी ताल र छोरी ताल समेत रहेको छ । यस क्षेत्रमा धिमाल जातिले प्रत्येक बर्षको बैशाख १ र २ गते आफ्नो कुल पुजा गर्ने भएको हुदा यस क्षेत्रमा ठुलो सांस्कृतिक मेला लाग्ने स्थानीयहरुले बताउछन्। त्यस्तै, मगर जातिको समेत बाहुल्यता रहेको कारण उनीहरुको मौलिक चाड हुर्रा नाचले पर्यटकको ध्यानकर्षण गर्ने गरेको छ। 

यस क्षेत्रमा विशेष गरेर विश्वमै लोपोन्मुख अबस्थामा रहेको अर्किट प्रजातिको विरुवाको संरक्षण गर्दै आवश्यक प्रचार प्रसार गर्ने हो भने पूर्वी मोरङ जिल्लाको लेटाङ नगरपालिका स्थित राजारानी पर्यटकीय हबको रुपमा प्रर्बद्धन गरेर पर्यटकीय दृष्ट्रिकोणले थप विकास गर्न सकिन्छ।  

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...