News Portal

निरेम सांगीतिक उत्सवको सम्पूर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
६४७ पटक

कुवेत सिटी। कुवेतमा निरेम प्रोडक्सनले आफ्नो ७औ वार्षिक उत्सवमा १० फ्रेब्रुअरी शुक्रवारको दिन कुवेतको जिलिव स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आयोजना गर्न लागेको निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ।

निरेम प्रोडक्सनका अध्यक्ष राज मल्लका अनुसार नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु गायक कमल खत्री, गायिका मेलिना मैनाली र लोकप्रिय डान्सर कविता नेपाली यही फेब्रुअरी ९ तारिख बिहिवार बिहान ६ बजे कुवेत आउने आइपुग्नेछन।

आउदो बिहिवार फेब्रुअरी ९ तारिख बिहान ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अतिथि कलाकारलाई स्वागतका लागि उपस्थित भैईदिनको लागी कुवेतमा क्रियाशिल संघ-संस्था, भातृसंगठन, समाजसेवी, बुद्दिजिवि, पत्रकार, कलाकार तथा साहित्यकारलगायत सम्पूर्ण कुवेतबासी नेपाली समुदायलाई आयोजकले अनुरोध गरेको छ।

निरेम ग्रुप अफ कम्पनी अन्तरगत रहेको निरेम प्रोडक्सनले कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि क्रियाशिल रहदै प्रवासमा परोपकारी पत्रकारितासंगसंगै मल्टिमिडिया सम्बन्धि कार्य गर्दै आएको छ।

             तपशिल:
मिति : २०२३ फेव्रअरी १० शुक्रबार
समय : दिउँसो २ बजे
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिव, कुवेत।
सम्पर्क : ९७३०३९८०
: ९५५६८२३४
: ५५३७३२०७
: ६५६०७३१७

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...