News Portal

तमू समाज कुवेतको पहलमा दुई जना बिरामीलाई रगत उपलब्ध

हिमालीसंचार संवाददाता
२७१ पटक

कुवेत सिटी। मुटुको बिरामी भएर कुवेतको अदान हस्पिटलमा उपचार गराईरहेकि अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो।

डाक्टरले तुरुन्तै रगत उपलब्ध गराउनुपर्ने बताएपछि बिरामीहरुको आफन्तजनबाट तमू समाज कुवेतका पुर्ब अध्यक्ष तथा बरिष्ट सल्लाहकार तथा समाजसेवी खोप गुरुङले बिरामीहरुको अवस्था बुझि कुवेतको सेन्टर ब्लड बैंकसँग समन्वय गरि तुरुन्तै माग भए बमोजिमको रगत उपलब्ध गराइएका थिए।

रगत उपलब्ध गराईएपश्चात उनीहरु दुबै जनाको शल्यक्रिया सफल भई अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गुरुङले हिमालीसंचारलाई जानकारी दिए।

वास्तवमा ‘रक्तदान जीवनदान’ नै हो, यस भन्दा पहिले पनि तमू समाजको पहलमा १९ जना भन्दा बढी बिरामीहरुलाई ब्लड उपलब्ध गराई उपचारमा सहयोग गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...