News Portal

तमू समाज कुवेतको पहलमा दुई जना बिरामीलाई रगत उपलब्ध

हिमालीसंचार संवाददाता
३१३ पटक

कुवेत सिटी। मुटुको बिरामी भएर कुवेतको अदान हस्पिटलमा उपचार गराईरहेकि अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो।

डाक्टरले तुरुन्तै रगत उपलब्ध गराउनुपर्ने बताएपछि बिरामीहरुको आफन्तजनबाट तमू समाज कुवेतका पुर्ब अध्यक्ष तथा बरिष्ट सल्लाहकार तथा समाजसेवी खोप गुरुङले बिरामीहरुको अवस्था बुझि कुवेतको सेन्टर ब्लड बैंकसँग समन्वय गरि तुरुन्तै माग भए बमोजिमको रगत उपलब्ध गराइएका थिए।

रगत उपलब्ध गराईएपश्चात उनीहरु दुबै जनाको शल्यक्रिया सफल भई अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गुरुङले हिमालीसंचारलाई जानकारी दिए।

वास्तवमा ‘रक्तदान जीवनदान’ नै हो, यस भन्दा पहिले पनि तमू समाजको पहलमा १९ जना भन्दा बढी बिरामीहरुलाई ब्लड उपलब्ध गराई उपचारमा सहयोग गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...