News Portal

कुबेतमा भव्यताको साथ मनाइयो २८५९ औं सोनाम ल्होछार

हिमालीसंचार संवाददाता
२७९ पटक

कुवेत सिटि। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिवस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ।

ॐ माने पेमे होमको मुटु छुने धुनमा लामा गुरुहरुबाट बुद्ध धर्म सम्बन्धी पाठ पूजाआर्चना गरी शुरुवात गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नाराण घलान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी तथा अन्य अतिथीहरूमा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरुको आतिथ्यता रहेको थियो।

प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधिवत उद्घाटन गरेका थिए। संस्थाका सदस्य कलाकार तृष्णा तमाङले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने, संस्थाका सल्लाहकार केशर घलान तामाङ र कार्यक्रम संयोजक नेपाल तामाङ सँस्कृती घेदुङ कुवेतका अध्यक्ष हिमाल लामाले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

प्रमुख अतिथी दुर्गाप्रसाद भण्डारीले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीको राष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासको भूमिमा रहेर पनि आफ्नो संस्कृतीको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई बधाइ तथा शुभकमना दिएका थिए।

त्यस्तै, शुभकामना दिनेहरुमा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा, आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ, गैरआवासीय नेपाली संघ आइसीसी सदस्य हरि लावती/माधब पौडेल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल, नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष चन्द्र तामाङ, नेपाली समाज कुबेतका ध्रुवकुमार सङ्ग्रौलालगयतले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए।

आफनो भेष-भुषा‍‍मा अति नै आकर्षक द्रिष्यमा सजिएका आफ्नो तमाङ पहिचान र मौलिकता झल्काउने खालका सेलो नाँच, डाँम्फ नाँच, म्हेन्दो माया नाँच युगल तथा सामुहिक नृत्य गरी झनै ल्होछारलाई सुगन्ध भर्ने काम नेपाल तामाङ घेदुङ कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो भने, नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगितकार आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक विश्व दोङ तामाङले आफनो नयाँ पुराना दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए।

अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार विश्व दोङलाई प्रमुख अतिथीको हातबाट मायाको चिनो स्वरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष नाराण घलानले सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु, संघ-संस्थाका प्रतिनिधीहरु, विशिष्ट व्यक्तित्वहरु, नेपालबाट आमन्त्रित कलाकार, पत्रकारलगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...